सल्यानमा दुःखद घटना : घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

  पहिलोपेज

 629 पटक हेरिएको

काठमाडौं, १३ भदौ । सल्यानमा गएराति घरले च्यापिएर एकै घरका ५ जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका– ४ सिमखोलीमा घर भत्किँदा एकै घरका ५ जनाको च्यापिएर मृत्यु भएको छ । उक्त घटनामा १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ३९ वर्षका रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, ६ वर्षीया छोरी गङ्गा कामी, ५ वर्षीया छोरी प्रमिला कामी र ४ वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको थियो । अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार