बिहीवार र शुक्रवार स्कुल तथा कलेज बन्द, गृहको औपचारिक निर्णय

  पहिलोपेज

 619 पटक हेरिएको

काठमाडौं, १३ भदौ । गृहमन्त्रालयले बिहीवार र शुक्रवार उपत्यकाका सबै शैक्षिक संस्थाहरुलाई बिदा दिने निर्णय गरेको छ । काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले बिदाको निर्णय गरेको हो ।

सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो । आज गृह मन्त्रालयमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारीहरु जोर विजोर नम्बरअनुसार सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन ।

अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुने छैन । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका लागि बिजोर गते सञ्चालन हुन पाउने छन् । १३ र १५ गते विजोर गाडीमात्र चल्न पाउने छन् भने १४ गते जोर नम्बर मात्र चल्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार