सिमेण्ट उद्योगको अनुमति खारेज नगरे आफै बन्द गर्ने चेतावनी

पहिलोपेज

सिमेन्ट उद्योगको चुनढुङ्गा खानी प्रभावित अर्घाखाँचीका स्थानीयहरुले खानीको अनुमति खारेज गर्न माग गरेका छन् । रुपन्देही र कपिलबस्तुमा स्थापना भएको अर्घाखाँची सिमेन्ट उद्योगले अर्घाखाँचीबाट चुनढुङ्गा उत्खनन् गर्दा जिल्लाको पर्यावरण ध्वस्त हुँदै जाँदा मानव जीवन नै संकटमा पर्न थालेको भन्दै त्यहाँका जनताले चुनढुङ्गा उत्खनन्को अनुमति खारेज गर्न माग गरेका हुन् । सरकारले उत्खनन् अनुमति खारेज नगरे आफूहरुले नै खानी बन्द गराउने चेतावनी दिएका हुन् ।Chundunga_main

सिमेन्ट उद्योगले गरिरहेको चुनढुङ्गा उत्खनन्को बिरुद्धमा निरन्तर संघर्ष गर्दै आएका जिल्लावासीले उद्योगको अनुमति खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । चुनढुङ्गा उत्खनन्का कारण जिल्लाको वाताबरण बिग्रेको, पानीका मुहान सुकेको, पहाड खल्बलिएर ठूलो प्राकृतिक बिपत्तिको अवस्था आउन लागेको भन्दै स्थानीयहरुले चुनढुङ्गा उत्खनन् रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

खानी उत्खनन् अनुमतिपत्र खारेजका लागि निर्देशन दिन आग्रह गर्दै संसदको वातावरण संरक्षण समितिलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको चुनढुंगा उत्खनन् रोक्का संघर्ष समिति अर्घाखाँचीका अध्यक्ष पीताम्वर खासुले बताए । संसदको वातावरण समितिले चुनढुङ्गा खानीको अनुमति रद्द गर्नका लागि उद्योग मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वन मन्त्रालय, खानी विभागलाई निर्देशन दिनुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

सरकारीस्तरबाट खानी बन्द गराउन निर्देशन नभए चैत्र १९ गते आफूहरु चुनढुङ्गा उत्खनन् स्थलमा प्रवेश गरी शान्तिपूर्ण तरिकाले ध्वंसात्मक कार्य रोक्न दवाव दिने संघर्ष समितिका संस्थापक अध्यक्ष पदम केसीले जानकारी दिए । सिमेन्ट उद्योगले जिल्लाको नरपानीमा १० बर्ष अघिदेखि र खाँचीकोटमा २ बर्ष अघिदेखि उत्खनन् सुरु गरेपनि स्थानीयवासीले चर्को बिरोध गर्दै आएका छन् । दीर्घकालीन रुपमा नै चुनढुंगा खानी बन्द गरी प्रकृति र पर्यावरणको पूर्णतः संरक्षण गर्दै साँस्कृतिक तथा पर्यापर्यटनको प्रबद्र्धन गर्न जिल्लाबासीले माग गरेका छन् ।

प्रकाशित मिति : आइतवार, चैत्र १४, २०७२ समय : २३:१८:३९ 955 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi