कांग्रेस एकढिक्का भएको आभास कार्यकर्तामा हुनेछ : सभापति खड्का

सुरेश श्रेष्ठ

तुलसीपुर । नेपाली कांग्रेसका दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्काले कांग्रेस एकढिक्का भएको आभास कार्यकर्तामा हुने बताएका छन् । नेपाली काग्रेस क्षेत्र नम्बर ४ को स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला सभापति खडकाले १३ औं महाधिबेशन अगाडिसम्मको पार्टीभित्रको तिक्तताको महाधिवेशनपछि अन्त्य भइसकेको दावी गरे ।Ncdang

सभापति खड्काले अब कांग्रेसमा कुनै पनि गुटउपगुट नरहेको बताए । गाउँ इकाईदेखि केन्द्रसम्म कुनै पनि गुटउपगुटको आभास हुन नदिन नेतृत्व गम्भीर रहेको र प्रजातन्त्रलाई मजबुत तथा संस्थागत गर्न नेपाली कांग्रेस एक ढिक्का हुनैपर्ने उनको भनाइ थियो ।

क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीलाई भावनात्मकरुपमा एकढिक्का गराउन नेतृत्वलाई आग्रह गरेको थिए । सोही अवसरमा क्षेत्रीयस्तरका सबै इकाईका पदाधिकारी, महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य, गाउँ तथा क्षेत्रीय प्रतिनिधि लगायतलाई सम्मान तथा स्वागत गरिएको थियो ।

कार्यक्रममा महासमिति सदस्य तेजबहादुर बस्नेत र जोगेन्द्र बिश्वकर्मा, नेता महादेव शाह, जिल्ला सदस्य पवित्रा धिताल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । क्षेत्र नम्बर ४ ले विधानअनुरुप मनोनयन गर्न बाँकी १ सचिवमा चुर्णबहादुर चौधरी र ५ जना सदस्यमा ध्रुबबहादुर शाह, होमबहादुर शेरचन, चेता डाँगी, तेजकुमार चन्द र कैलाश बुढाथोकीलाई मनोनीत गरेको छ । बाँकी १ जना उपसभापतिसहित ३ जना पछि थप गरिने काग्रेस क्षेत्र नम्बर ४ ले जनाएको छ ।

त्यस्तै सल्लाहकारमा हरिदत्त कार्की र नारायणी न्यौपानेलाई मनोनयन गरेको छ । कानुनी संयोजकमा अरुणकुमार आचार्य र सञ्चार संयोजकमा सुरेशकुमार श्रेष्ठलाई मनोनयन गरेको छ । गत माघ २२ गते सम्पन्न क्षेत्रीय अबिधेशनले ११ सदस्यीय क्षेत्रीय कार्यसमिति चयन गरेको थियो । क्षेत्रीय कोषाध्यक्ष पुष्पराज गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सजीकरण सदस्य चुर्णबहादुर चौधरीेले गरेका थिए ।

प्रकाशित मिति : मङ्गलवार, चैत्र ०९, २०७२ समय : १८:१७:३० 808 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi