बुवाको सम्झनामा नेपाली कांग्रेसलाई १५ लाखको जग्गा

पहिलोपेज

लक्ष्मीपुर गाविस वडा नं ४ डाँडागाउँका गिरिराज देवकोटा र माधव देवकोटा आफ्ना बुवाको सम्झनामा करिव १५ लाख रुपैयाँ पर्ने जग्गा नेपाली काग्रेसलाई दिएका छन् । नेपाली कांग्रेस लक्ष्मीपुर इकाइको भवन निर्माणका लागि आफ्ना स्वर्गीय बुवा चेतनाथ देवकोटाको सम्झनामा जग्गा दान दिएको घोषणा गरिएको हो ।

पार्टीको लक्ष्मीपुर इकाई कार्यालय उदघाटनका लागि देवकोटाद्वयले बुवाको सम्झनामा विपी मार्गसँग जोडिएको डाँडागाउँमा रहेको एक कठ्ठा जग्गा कांग्रेसलाई दिएको घोषणा गरेका हुन् । कांग्रेस लक्ष्मीपुरका सभापति युवराज आचार्यको सभापतित्व एवं कांग्रेस क्षेत्र नं २ का सभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देवकोटा परिवारलाई धन्यवाद दिँदै उक्त जग्गामा पार्टीको भवन निर्माणमा आफूहरु लाग्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि भेषराज खत्री, ध्रुव पुन, महिला संघकी क्षेत्रीय अध्यक्ष सुशीला पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष नारायण जीएम, कांग्रेस जिल्ला सदस्यहरु खिमा अधिकारी र दामोदर शर्मा, क्षेत्रीय सचिव चुडामणि आचार्य, कांग्रेस रामपुरका सभापति रेवतीप्रसाद घिमिरे, गिरिराज देवकोेटा, मोहन घिमिरे, शान्ता घिमिरे, भोला अधिकारी, गणेश बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नमराज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : आइतवार, चैत्र ०७, २०७२ समय : १४:०६:१९ 504 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi