लिङ्ग परिवर्तन गरी नुमा बनिन् लोभलाग्दी सुन्दरी

काठमाडौं, ५ चैत । झापाकी नुमा सुब्बा पहिले ह्यान्सम देखिने युवक थिए । उनी अहिले लिङ्ग परिवर्तनको क्रममा थाइल्याण्डको राजधानी बैंककमा छिन् र लोभलाग्दी सुन्दरी युवतीमा परिणत भएकी छन् ।

Numa_mainउनले मार्च १६ तारिखमा आफ्नो फेसबुक वालमा लेखेकी छन्, “म धेरै खुशी छु । मैले सोचेको सपना आज पूरा भयो । अर्को जुनी कुर्नु पर्दैन रहेछ । यही जुनीमा चिताएको कुरा पनि पुग्दो रहेछ । धन्य भगवान ।” नुमाले यी शव्दहरु लिङ्ग परिवर्तनको शल्यक्रिया सफल भएपछि लेखेकी हुन् खुशीमा ।Numa2

लिङ्ग परिवर्तन गर्न शल्यक्रिया गरेपछि हाल फलोअपमा रहेको नुमाले बैंककबाटै बताइन् । बैंककको पेत्रुनम पोलिक्लिनिकमा शल्यक्रिया गरिएको जानकारी नुमाले दिइन् । “शल्यक्रिया सफल भएको छ । अब केही दिन फलोअपमा रहेर नेपाल फर्किन्छु”, नुमाले भनिन् । नुमा ब्लुडाइमण्ड सोसाइटी झापामा कार्यरत छिन् ।Numa4

तेस्रोलिङ्गीको रुपमा रहेकी नुमाले शल्यक्रिया गरेर लिङ्ग र अण्डकोष हटाएकी हुन् । उनीसँगै अर्की एक धिमाल थरकी तेस्रोलिङ्गीले पनि शल्यक्रिया गरी युवती बनेकी छन् । शल्यक्रियापछि आराम गरिरहेका दुबैजनाको रेखदेख तथा स्याहारका लागि अन्य ३ जना साथीहरु पनि उनीहरुसँगै छन् । दुबैजनाको जैविक लिङ्ग पुरुष भए पनि दुबै जनाको आनीबानी, रुप, रङ्ग, चालढाल महिलाको जस्तो थियो । त्यसैले उनीहरुले आफ्नो जैविक लिङ्ग परिवर्तन गरेका हुन् ।Numa5

यसअघि चर्चित हास्यकलाकार सन्तोष पन्तका छोरा प्रतिक पन्तले पनि जैविक लिङ्ग परिवर्तन गरी युवती बनेकी थिइन् । त्यस्तै यसअघि नै नेपाली ९ जना तेस्रोलिङ्गीले पनि लिङ्ग परिवर्तन गराइसकेको ब्ल्यूडायमण्ड सोसाइटीले जनाएको छ । सोसाइटीका अनुसार लिङ्ग परिवर्तन गरेको कुरालाई आमरुपमा सार्वजनिक गर्ने सुब्बा नै पहिलो हुन् ।

नुमाले शल्यक्रियापछि आफ्नो फेसबुक वालमा लेखेको कुरा ।
नुमाले शल्यक्रियापछि आफ्नो फेसबुक वालमा लेखेको कुरा ।

तेस्रोलिङ्गी नुमाले यसअघि बैंककमै पुगेर स्तनको शल्यक्रिया गराएकी थिइन् । त्यसअघि उनीहरुले आफ्नो शरीरमा महिलाको हर्मोन बढाउने खालका विभिन्न औषधिहरु प्रयोग गर्दै आएका थिए । मानसिक र शारीरिक रुपले लिङ्ग परिवर्तन गर्न तयार भएका मान्छेहरुको करीव १० लाखजतिको खर्चमा थाइल्याण्डका अस्पतालहरुमा सामान्य शल्यक्रिया गरेर लिंग परिवर्तन गर्न सकिन्छ ।

प्रकाशित मिति : शुक्रवार, चैत्र ०५, २०७२ समय : १५:०२:१५ 2035 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi