तिरुपति बोर्डिङले मनायो दशौं वाषिर्कोत्सब

२६ फागुन, काठमाडौं । काठमाडौंको कपनस्थित तिरुपति इंग्लिस बोर्डिङ हाइस्कुलको दशौं वाषिर्कोत्सब तथा अभिभावक दिवस सकिएको छ ।

विद्यालयको वाषिर्क उत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पस्केका थिए ।
उनीहरुले लोप हुँदै गरेको विभिन्न जातजातिको नृत्यहरु प्रस्तुत गर्दै पुराना कलाको संरक्षणको सन्देश दिएका थिए ।

यस्तै कार्यक्रममा विद्यालयको ‘अर्केस्ट्रा ग्रुप’ ले पश्चिमा र पूर्वीय फ्युजन संगीतमार्फत नयाँ किसिमको संगीतिक प्रस्तुति पनि राखेको थियो ।

कार्याक्रमको दोस्रो चरणमा भने राष्ट्रिय कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । बी-एट, प्रदेश लिम्बु, सपन श्रेष्ठ, मिङ्क्स लामा र उत्तम मगरको प्रस्तुतीले कार्यक्रमलाई भब्य बनायो ।

पूर्वमन्त्री तथा व्यवस्थापिका संसदका सदस्य गोपाल दहितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रज्ञा प्र्रतिष्ठानका सदस्य प्राध्यापक डा. बेञ्जु शर्मा, कलाकार देबीराम पराजुली (भोक लाग्यो), कोरियोग्राफर गम्भिर बिष्ट, चलचित्र निर्माता सोनाम लामा लगायतको पनि उपस्थिति थियो।

tirupati's--samman
नारी दिवशको अवसर पार्दै नायिकाहरु मेनुका प्रधान, निष्मा घिमिरे र वर्षा सिवाकोटीलाई कला क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान पनि गरिएको विद्यालयका सह-प्रधानाध्यापक तथा गायक तेञ्जिङ भोटियाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक इन्द्रमणि दाहालले विद्यालयले अहिलेसम्म हात पारेका सफलता र अबका योजनाबारे बताए । कार्यक्रमको टीभी पार्टनर काष्ठमण्डप टेलिभिजन हो ।

tirupati's-dance

– See more at: http://www.onlinekhabar.com/2016/03/398878/#sthash.hJ772SBh.dpuf

प्रकाशित मिति : बुधवार, फाल्गुण २६, २०७२ समय : १७:२२:३५ 393 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi