दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु

२६ फागुन, विराटनगर । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको मृत्यु भएको छ ।

विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को २२ प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उनी गम्भीर घाइते भएका थिए । न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । रासस

– See more at: http://www.onlinekhabar.com/2016/03/398736/#sthash.TZWtl9ec.dpuf

प्रकाशित मिति : बुधवार, फाल्गुण २६, २०७२ समय : १७:२१:०८ 455 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi