दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा लोकप्रिय मतमा साथमा विजयी भएका घनश्याम पाण्डे लामो समय वातावरण, शिक्षा, सहकारी र कृषि क्षेत्रका विभिन्न तहमा रहेर अनुभवप्राप्त व्यक्ति हुन् । नेपालमा रहेको सामुदायिक वनको नमूना बोकेर ५० भन्दा बढी देश घुमिसकेका पाण्डेसँग जनअपेक्षा धेरै छन् । तुलसीपुर उपमहानगरलाई स्मार्ट सिटीका रुपमा विकास
सिमेन्ट उद्योगको चुनढुङ्गा खानी प्रभावित अर्घाखाँचीका स्थानीयहरुले खानीको अनुमति खारेज गर्न माग गरेका छन् । रुपन्देही र कपिलबस्तुमा स्थापना भएको अर्घाखाँची सिमेन्ट उद्योगले अर्घाखाँचीबाट चुनढुङ्गा उत्खनन् गर्दा जिल्लाको पर्यावरण ध्वस्त हुँदै जाँदा मानव जीवन नै संकटमा पर्न थालेको भन्दै त्यहाँका जनताले चुनढुङ्गा उत्खनन्को अनुमति खारेज गर्न माग गरेका हुन् ।
तुलसीपुर । नेपाली कांग्रेसका दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्काले कांग्रेस एकढिक्का भएको आभास कार्यकर्तामा हुने बताएका छन् । नेपाली काग्रेस क्षेत्र नम्बर ४ को स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला सभापति खडकाले १३ औं महाधिबेशन अगाडिसम्मको पार्टीभित्रको तिक्तताको महाधिवेशनपछि अन्त्य भइसकेको दावी गरे । सभापति खड्काले अब कांग्रेसमा कुनै पनि गुटउपगुट
लक्ष्मीपुर गाविस वडा नं ४ डाँडागाउँका गिरिराज देवकोटा र माधव देवकोटा आफ्ना बुवाको सम्झनामा करिव १५ लाख रुपैयाँ पर्ने जग्गा नेपाली काग्रेसलाई दिएका छन् । नेपाली कांग्रेस लक्ष्मीपुर इकाइको भवन निर्माणका लागि आफ्ना स्वर्गीय बुवा चेतनाथ देवकोटाको सम्झनामा जग्गा दान दिएको घोषणा गरिएको हो । पार्टीको लक्ष्मीपुर इकाई कार्यालय उदघाटनका
काठमाडौं, ५ चैत । झापाकी नुमा सुब्बा पहिले ह्यान्सम देखिने युवक थिए । उनी अहिले लिङ्ग परिवर्तनको क्रममा थाइल्याण्डको राजधानी बैंककमा छिन् र लोभलाग्दी सुन्दरी युवतीमा परिणत भएकी छन् ।
नववर्ष २०७३ सालको अवसर पारी नारायणपुरमा व्यापारिक तथा कृषि पर्यटन महोत्सव आयोजना गर्नका लागि बिहीवार छलफल कार्यक्रम सम्पन्न भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफल कार्यक्रममा त्रिपुर क्षेत्रका सरोकारवाला, राजनीतिक दल एवं व्यापारीहरुको रहेको थियो ।
२६ फागुन, काठमाडौं । काठमाडौंको कपनस्थित तिरुपति इंग्लिस बोर्डिङ हाइस्कुलको दशौं वाषिर्कोत्सब तथा अभिभावक दिवस सकिएको छ । विद्यालयको वाषिर्क उत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पस्केका थिए । उनीहरुले लोप हुँदै गरेको विभिन्न जातजातिको नृत्यहरु प्रस्तुत गर्दै पुराना कलाको संरक्षणको सन्देश दिएका थिए । यस्तै कार्यक्रममा विद्यालयको ‘अर्केस्ट्रा ग्रुप’
२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा नेतृत्वको टोली एसियन कोअपरेशन डायलग (एसिडी) को १४ औं मन्त्रीस्तरीय बैठकमा सहभागी  हुन बैंकक गएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराई, उपसचिव
२६ फागुन, विराटनगर । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको मृत्यु भएको छ । विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को २२ प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उनी
२६ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल आइपुगेको छ । तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले बताए । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग
२६ फागुन, चितवन। पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत रत्ननगरको टाँडी बजारमा नमुना सडकको निर्माण थालिएको छ । रत्ननगरको टाँडीबजारमा निर्माण गर्न सुरु गरिएको चार लेन सडक एक वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । रत्ननगरको निपनीदेखि लौरीघोलसम्मको दुई किलोमिटर ३०० मिटर लामो उक्त सडक निर्माणको जिम्मा डिभिजन
२६ फागुन, काठमाडौं । प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ । सो प्रणालीमा नपढे पनि उत्तीर्ण हुने जस्ता भ्रमसमेत देखिएकाले त्यसबारे पाठ्यक्रम र पाठ्यपुस्तकबाट स्पष्ट पार्ने काम प्रारम्भ भएको हो । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले कक्षा १०
२६ फागुन राजविराज । सप्तरीस्थित इलाका प्रहरी कार्यालय कडरवानाका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर थापा र जवान अशोककुमार यादव घुससहित पक्राउ परेका छन् । उनीहरुले दुर्घटनामा परेको मोटरसाइकल छुटाइदिन्छु भन्दै स्थानीय महमद सागिर अलीसँग ४० हजार रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले उनीहरुलाई
२६ फागुन, चन्द्रौटा । कपिलवस्तुका भूमिहीन सुकुम्बासीहरुले सरकारबाट राहत भन्दा आहत धेरै पाएको गुनासो गरेका छन् । सरकारले विभिन्न समयमा फाराम भर्न लगाएर राजस्वमात्र असुलीरहेको तर आफूहरुको पक्षमा काम नगरेको उनीहरुको आरोप छ । बुधबार चन्द्रौटाको सहज नेपालको भवनमा कपिलवस्तु भूमि अधिकार मञ्च नेपालको नवौं साधारण सभा तथा चौथो अधिवेशन
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना पार्टी कार्यालय सानेपामा चलिरहेको छ । मत गणनाका लागि प्रोजेक्टर समेत प्रयोग गरिएको छ । २५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् । सबै उम्मेदवारले प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेपछि निर्वाचन समितिका प्रतिनिधिले मञ्चमा बसेर मतपत्रलाई प्रोजेक्टरमा देखाएर मात्र