यौनधन्दाको आरोपमा दुई भारतीय नायिका रंगेहात पक्राउ

एजेन्सी

भारत । भारतको एक पाँचतारे होटलबाट प्रहरीले यौनधन्दाको भण्डाफोर गरेको छ । प्रहरीले राति तीन जनालाई पक्राउ गरेको छ । यसमध्ये एक चलचित्र नायिका हुन् भने अर्की टेलिभिजन सिरियलमा काम गर्ने नायिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन् । उनले नायिकासँग रात बिताउन ग्राहकहरुबाट मोटो रकम लिने गरेका थिए ।

हैदराबाद प्रहरीका अनुसार केही दिनअघि नै यौनधन्दाका बारे जानकारी पाए पनि प्रहरी उपयुक्त मौकाको पर्खाइमा थियो । प्रहरीले शनिवार राति बञ्जारा हिल्स क्षेत्रमा रहेको ताज डेक्कन होटलमा छापा मारेर दुई नायिका र एक पुरुषलाई पक्राउ गरेको हो । तीनैजना आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीको दावी छ ।

प्रहरीले उक्त होटलका म्यानेजरलाई पनि नियन्त्रणमा लिएको छ । एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन बरामत गरेको छ ।

प्रकाशित मिति : सोमवार, पौष १०, २०७४ समय : २२:१५:५२ 718 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi