गीतकार भावेश अचानक हाम्फालेपछि उनका साथीहरु आश्चर्यमा

पहिलोपेज

काठमाडौँ । गीतकार भावेश भुमरी अचानक हाम्फालेका छन् । उनी हाम्फालेपछि उनलाई नजिकबाट चिन्ने साथीभाइ तथा इष्टमित्रहरु आश्चर्यमा परेका छन् । यो सोचेर कि उनी किन यसरी हाम्फाले ?

भावेश भुमरी गीतकार हुन् । उनी दशकौंदेखि गीति लेखनमा क्रियाशील र चर्चित छन् । उनका थुप्रै गीतिसङ्ग्रह र गीतिएल्बम र सिडीहरुमार्फत धेरै गीतहरु दर्शक र स्रोतामाझ आइसकेका छन् । गीति लेखनमा दशकौंदेखि समर्पित यी प्रतिभा अचानक हाम्फालेपछि उनका शुभचिन्तक, साथीभाइ र इष्टमित्र आश्चर्यमा पर्नु स्वभाविक छ ।

गीतकारको उँचो छवि बनाएका भावेश भुमरी यस वर्षदेखि म्युजिक भिडियोको निर्देशनतिर हाम्फालेका हुन् । यसको पछिल्लो उदाहरण होे मिर्मिरेमा । उनले “मिर्मिरेमा” बोलको गीतको भिडियो निर्देशन गरेका छन् ।

विगत साढे दुई दशकभन्दा पहिलेदेखि नेपाली गीत लेखनमा लागेका र आफ्नो छुट्टै अनि स्पष्ट पहिचान बनाएका गीतकार भावेश भुमरीले जीतकर्ण राईको रचना, दिनेश सुब्बाको सङ्गीत, चाँद सिंहको सङ्गीत संयोजन र उदय सोताङको स्वर रहेको अत्यन्त मार्मिक मिर्मिरेमा… बोलको अडियो गीतलाई म्युजिक भिडियो बनाउने कार्यमा निर्देशनको जिम्मेवारी बहन गरेका छन् । यस गीतको भिडियोमा कलाकारहरू सनम कठायत र रिजा भुसालको अभिनय रहेको । भिडियोमा क्यामेरा उत्सव दाहालले चलाएका छन् । पहिले गीत लेख्दै, रेकर्ड गर्दै र एल्बम निकाल्दै आएका भुमरी आफ्नै गीतहरूको बजार व्यवस्थापनका लागि सुरप्रभा गीत सङ्गीत प्रा. लि. म्युजिक कम्पनी, गीत रेकर्डिङका लागि ह्वाइट साउन्ड स्टुडियो र युटुव भिडियोका लागि सुरप्रभा गीत सङ्गीत प्रा.लि. च्यानल सञ्चालन गर्नसम्म आइपुगेका छन् ।

नेपाली गीतसङ्गीतका क्षेत्रमा एउटा गीतकारले लिएको फराकिलो आयतनमा भुमरी निर्देशनतिर लाग्नुलाई सबैले रुचि र आश्चर्यका साथ हेरेका छन् । आफ्नो निर्देशनका बारेमा भुमरी पारदर्शी रुपले काम गर्ने र आफ्नो काममा कहीँकतै कसर नरहोस् भनी मेहनतका साथ लागिरहने बताउँछन् ।

एउटा गीतकारले गीतको भिडियो निर्देशन गरेमा कथा र विषयवस्तुले सबल जीवन पाउने भुमरी बताउँछन् । आफ्नो अत्यन्त मिलनसार गीतकार जीतकर्ण राईको रचनाको यस गीतमा प्रसिद्ध सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र गायक उदय सोताङको स्वर भएकाले आफूलाई काम गर्न बढी जिम्मेवारी भएको भुमरीले बताएका छन् । यही कारणले पनि आफू निर्देशनतिर हाम्फालेको उनको भनाइ छ ।

मिर्मिरेमा… गीतमा भूमिका निर्वाह गरेका मोडल सनमले निर्देशक भुमरीसँग काम गर्दाको मज्जा अलि फरक भएको कुरा राखेका छन् । म्युजिक भिडियो स्तरीय र जीवन्त रहेको उनले दावी गरेका छन् । यस गीतको भिडियो चाँडै नै युटुवमा आउँदै छ ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर १९, २०७४ समय : १४:०८:१७ 1199 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi