टिभिएस जुपीटर मिस टिन कलेजको ताज स्वाती श्रेष्ठको शिरमा

काठमाडौं । सिजन मिडियाले राजधानीमा गरेको ‘मिस टिनकलेज २०१७ मा रिलायन्स कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया स्वाती श्रेष्ठले शीर्ष ताज जितेकी छन् । उनले विधागततर्फको ‘मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उनले उपहार स्वरुप टिभिएस जुपीटर स्कुटर पनि जितिन् ।

प्रतियोगितामा लुना प्रधान फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस हात पारिन् भने दीक्षा थापा सेकेण्ड रनरअपका साथै मिस पर्सनालिटी अवार्ड पनि जितिन् । अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअप भएसँगै वेष्ट इस्टाइलिस अवार्ड पनि हात पारिन् ।

विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्याल्ेन्ट’ बनेकी थिइन् । रुपिना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ भइन् भने सुष्मा कार्की मिस फेन्डसिप, प्रकृति जिमा मिस फोटोजेनिक, सुचिता अधिकारी मिस हेल्दी स्माइल, अस्मिता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भएका थिए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगरु एजुकेशनका प्रवन्ध निर्देशक महेशबाबु तिमलसिना, पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगर, मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदीप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी रहेका थिए ।

प्रतियोगितामा विजेताले ‘मिस टिन कलेज’कोे ताज र उपाधिसहित टिभिएस जुपीटर स्कुटर र प्रतियोगितालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि छात्रावृत्ति पाइन् । उनले नेपाल एयर होस्टेज एकाडेमीमा एयर होस्टेज तालिमको लागि रु ३५ हजार बराबरको छात्रावृत्ति पनि प्राप्त गरिन् ।

त्यस्तै, फस्ट रनर अपले लाभा मिनि स्मार्ट फोन र सेकेण्ड रनर अपले एमआई स्मार्ट मोबाइल फोन, नेपाल एयर होस्टेज तालिम केन्द्रमा रु. ३५ हजार बराबरको एयरहोस्टेज तालिम हात पारेको आयोजक सिजन मिडियाका प्रवन्धक प्रदिपराज वन्तले जानकारी दिए ।

प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०७४ समय : ११:३९:१९ 431 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi