मिस टिन कलेजमा सहभागीहरुले पालुङमा देखाए प्रतिभा

पहिलोपेज

काठमाडौं । सिजन मिडियाद्वारा आयोजित “टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५” मा सहभागी प्रतियोगीहरुले मकवानपुरको टिस्टुङ पालुङमा अवस्थित ओम अध्याय रिसोर्टमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । उक्त कार्यक्रममा प्रायजसो प्रतियोगीहरुले विभिन्न नेपाली गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा केही प्रतियोगीहरुले नेपाली तथा अंग्रेजी गीतहरु गाएका थिए । केही प्रतियोगीहरुले विभिन्न विषयहरुमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा निर्णायक मण्डलहरुमा यस वर्षका मिस एयर होस्टेसका विजेताहरु रिवा लिम्वु, सृजुसिंह ठकुरी र मोनालिसा पाख्रिन रहेका थिए । यस प्रतियोगिताको अन्तिम फाइनल कार्यक्रम आगामी कार्तिक ९ गते छठको दिन आर्मी क्लव सुन्धारामा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिस टिन कलेज २०१७” कोे ताज उपाधिसहित रु. १ लाख ८५ हजार पर्ने टिभिएस स्कुटर, उच्च शिक्षाको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा मोबाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

प्रकाशित मिति : बुधवार, कार्तिक ०१, २०७४ समय : १६:२४:१९ 1322 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi