भालुबाङ र तुलसीपुरमा उत्सर्ग डान्सिङ स्टार–४ को अडिसन हुने

दाङ । राप्ती अंचलको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार सिजन ४ को भालुबाङमा असोज २३ गते र तुलसीपुरमा असोज २४ गते अडिसन हुने भएको छ । भालुबाङको अडिसन देउखुरी भ्याली स्कूलमा अपरान्ह १२ बजेदेखि प्रारम्भ हुने तथा तुलसीपुरको अडिसन पब्लिक ज्ञानज्योति माविमा बिहान ११ बजेदेखि प्रारम्भ गरिने कार्यक्रम निर्देशक केएल पीडितले जानकारी दिए ।

उत्सर्ग फिल्मस् नेपाल आयोजक रहेको सो प्रतियोगितामा सबै उमेर समूहका नृत्य प्रतिभाहरुले भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतियोगीहरुलाई अडिसनस्थलमा निःशुल्क फाराम उपलब्ध गराइने भएको छ । प्रतियोगीहरुले अडिसनमा नेपाली गीतमा बढीमा २ मिनेट नृत्य गर्नु पर्नेछ ।

दुबै अडिसनहरुमा बिविध साङ्गीतिक प्रस्तुतिहरु रहनेछन् । भालुबाङ अडिसनको संयोजन नृत्य प्रशिक्षक एवं अभिनेत्री अनिता महतारा र तुलसीपुर अडिसनको संयोजन कलाकार चोभार पौडेलले गर्दैछन् । विगत ४ वर्षदेखि अटुटरुपमा सञ्चालन हुँदै आएको उत्सर्ग डान्सिङ स्टारको विजेतालाई रु. ५० हजार नगदसहित विभिन्न पुरस्कार र अवसर प्रदान गरिने सहसंयोजक देवका पौडेलले बताइन् ।

प्रकाशित मिति : मङ्गलवार, भाद्र २०, २०७४ समय : १४:५४:२४ 447 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi