रेखाको रुद्रप्रियामा रुमाल र औंठी चिनो साट्ने ९ लाख दर्शक

काठमाडौं । लोकप्रिय नायिका रेखा थापाको आगामी चलचित्र “रुद्रप्रिया”मा रुमाल र औंठी चिनो साट्ने ९ लाख स्रोतादर्शक पुगेका छन् । रुद्रप्रियामा रेखा थापाको औंठी र आर्यन सिग्देलको रुमाल चिनो साट्ने गीत युट्युबमार्फत सार्वजनिक गरिएपछि निकै रुचाइएको छ ।

“चिरबिर चिरबिर चाचरी” बोलको सो गीत २४ घण्टामै ३ लाख बढी दर्शकस्रोताले हेरिसकेका थिए । आगामी कार्तिक २ गते लक्ष्मीपूजाको दिन रिलिज हुने रुद्रप्रियामा रहेको यो गीतमा राजनराज शिवाकोटीको सङगीत छ । संगीतकार शिवाकोटी र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यो गीतप्रति दर्शकस्रोताको माया चुलिएको छ र क्रमशः गाउँशहरका कुनाकन्दरामा समेत घन्किन थालेको छ । यो गीतमा राजनराजकै शब्द र राजन इशानको एरेन्ज छ ।

एकताका निकै चर्चित जोडी बनेको र आमजनतामा रुचाइएको रेखा–आर्यन जोडी आठ बर्षको अन्तरालमा पुन पर्दामा एकसाथ देखिएका छन् रुद्रप्रियामा ।

चिरबिर चिरबिर चाँचरीको भिडियो हेर्नुहोस

प्रकाशित मिति : बुधवार, साउन २५, २०७४ समय : २२:२४:५५ 1678 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi