डीआइडी सिजन– २ मा नेपालगञ्जबाट २३ प्रतियोगी छानिए

पहिलोपेज

नेपालगञ्ज । डान्स आइकन दाङ (डिआइडी) सिजन– २ को बाँकेको नेपालगञ्जमा भएको अडिसनमा २३ जना प्रतिष्पर्धी छनौट भएका छन् । डि टेन इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको नृत्य विधाको प्रतिष्पर्धात्मक महाभिडन्तको सिजन– २ को नेपालगञ्ज अडिसन शनिबार सम्पन्न भएको डिआइडीका संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिए ।

नेपालगञ्जमा छनौट हुनेहरुमा सुमित राजबंशी, बर्षा खड्का, अजिस वली, पूजा गिरी, कमल चौधरी, अस्मिता बस्याल, आँचल चन्द, पर्वत पोखरेल, गंगा केसी, सुशीला बिक, प्राप्ति केसी, सागर वली, रेश्मा श्रेष्ठ, सुस्मिता आलेमगर, बिष्णु आलेमगर, सुलेस्मा वली, अञ्जु चौधरी, दीपक रेग्मी, आशा श्रेष्ठ, निशा शाही, कृति आले, निकिता सिंह, करिना आचार्य र अर्जुन बिक रहेका छन् । डीआइडीका संयोजक एवं डि टेन इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षता एवं लाइफ भिजन टेलिभिजन प्रा.लि. नेपालगञ्जका म्यानेजिङ डाइरेक्टर सुरेश चन्दको प्रमुख आतिथ्य तथा डान्स आइकन दाङ– १ की बिजेता आशिका रजौरेको बिशिष्ट आतिथ्यमा होटेल एस.टी.सी.मा कार्यक्रम सम्पन्न भएको थियो ।

अडिसनमा १ सय २ जनाले भाग लिएका थिए । डान्स आइकन दाङका दीपक वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको स्थानीय आयोजकको रुपमा क्रिस्टल डान्स, क्रु नेपालगञ्ज रहेका थिए । निर्णायकको भूमिकामा डान्स आइकन दाङ– १ का जज राउन्ड टपर एवं स्थानीय संयोजक रितेश गौतम, डान्स किङ्ग कुबेर वली र सविन नेपाली रहेका थिए ।

डान्स आइकन दाङ– १ को सफलतापछि सिजन २ लाई राष्ट्रव्यापी बनाइएको संयोजक देवकोटाले जानकारी दिए । बुटबलदेखि धनगढीसम्मका १८ वटा जिल्लाहरुमा अडिसन लिई प्रतिस्पर्धा गराइने छ । दाङमा भदौ १६ गते तुलसीपुर, १७ गते लालमटिया र १८ गते घोराहीमा अडिसन लिइने छ ।

प्रकाशित मिति : आइतवार, साउन २२, २०७४ समय : १६:३८:२९ 968 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi