सञ्जय सौगातले कसका लागि ल्याए “बम्बैको सारी”

पहिलोपेज

काठमाडौं । सञ्चारकर्मी तथा गायक सञ्जय सौगातले कसका लागि ल्याए “बम्बैको सारी” ? यो प्रश्न उठ्नु स्वभाविक छ । उनले अरु कसैका लागि नभए नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा आम नेपाली दिदीबहिनी तथा स्रोतादर्शकलाई “बम्बैको सारी” लिएर आएका छन् ।

गायक स्वयंकै शब्द तथा संगीत रहेको उक्त गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । आशीष म्यूजिक कम्पनीको बजार व्यवस्थापनमा बजारमा आएको उक्त गीतमा गायिका पूर्णकला बीसीले सौगातलाई स्वरमा साथ दिएकी छन । गीतलाई केही दिनमै ६९ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् । गीतको म्यूजिक भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बीसी र करिश्मा ढकाल अनि रिता राईको अभिनय रहेको छ ।

तिलक वलीको म्यूजिक एरेन्ज रहेको सो गीत अत्यन्तै उत्कृष्ट बनेको निर्देशक तथा मोडल बीसीले बताए । एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सौगातले यसअघि रसै चाख्नलाई, सँगै बसम भो लगायतका गीति एल्बमहरु बजारमा ल्याइसकेका छन् । लोकदोहोरी एल्बम “बैंस जोवन” तीजपछि रिलिजको तयारीमा रहेको छ ।

हेरौं सञ्जय सौगातले ल्याएको बम्बैको सारी

प्रकाशित मिति : आइतवार, साउन १५, २०७४ समय : २३:२५:३९ 595 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi