नमुना जोडीको भित्री कुरा यसरी छताछुल्ल भयो, पत्याउनै गारो भो (भिडियोसहित)

पहिलोपेज

काठमाडौं । पछिल्लो समयमा चर्चामा आएको तीज कोसेली “नमुना जोडी”को वास्तविक कुरा निर्माण पक्षले सार्वजनिक गरेको छ । शितल शर्माको पनि जहाजले दर्शकको राम्रो साथ पाएसँगै आफू साङ्गीतिक क्षेत्रमा अझै चासो दिएर लागेको बताउने शितल शर्माको तीज कोसेली “नमुना जोडी” केही दिन पहिले मात्रै सार्वजनिक भएको हो ।

विन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको भिडियो बुटवलमा अविरल फिल्मसले निर्माण गरेको हो । भिडियो सार्वजनिकसँगै दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ । यो भिडियोमा नृत्य गर्ने विनिता शाहीको वास्तविकता अहिले मात्रै सार्वजनिक भएको छ ।

बिनिता शाही सारी लगाएर महिलाको भेषमा नृत्य गरेको यो भिडियोमा देख्न सकिन्छ । उनी चाहिँ तेस्रोलिंगी हुन् । बिनिता बुटवल तथा पश्चिमाञ्चल क्षेत्रकी राम्रो डान्सर समेत हुन् । त्यो पनि अत्यधिक महँगो डान्सर । स्टेज या अन्य साङ्गीतिक शोहरुमा उनलाई महँगो रकम खर्चेर लैजानेहरुको कमि हुँदैन । नमुना जोडी उनको डेब्यु भिडियो समेत हो जुन भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन् । बिनितालाइ आफू तेस्रा लिंगी भएकोमा कुनै सङ्कोच छैन । उनी निर्धक्क महिलाको भेषभुषामा हिड्न रुचाउँछन् । झट्ट हेर्दा नेपाली सिने जगतमा अभिनय गर्ने नायिका भन्दा कम नदेखिने उनी आफ्नो यो पहिलो भिडियो भएकोले पनि मिडियाले आफूलाई प्रचार प्रसारमा सहयोग गरेर अघि बढाए हुन्थ्यो भन्ने लागेको छ ।

सञ्चारकर्मी तथा चर्चित गायिका शितल शर्मा र पुरुषोत्तम गैरेको स्वर, पुरुषोत्तम गैरेकै लय तथा राजेन्द्र भण्डारीको शब्द रहेको गीतमा बिष्णु भट्टराईको निर्देशन, सम्पादन तथा छायाङ्कन रहेको छ । सगुन शर्माको श्रृङ्गार रहेको यो गीतमा बिनिता शाही, राज केसी, मिनुज़ र शितलको अभिनय छ । भिडियोमा मिनुज़ रानाको कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : आइतवार, साउन १५, २०७४ समय : ०:२२:२० 2204 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi