टुंगियो सन्ध्या जोशीको नेपाल आइडलको यात्रा

पहिलोपेज

काठमाडौं । एपी वान टेलिभिजनमा चलिरहेको रियालिटी शो “नेपाल आइडल”बाट सन्ध्या जोशीको यात्रा आजदेखि टुंगिएको छ । धनगढीकी २३ वर्षीया जोशी नेपाल आइडलबाट बाहिरिएपछि अन्य ८ प्रतियोगीहरु उत्कृष्ट ८ मा परेर अगाडि बढेका छन् ।

एसएमएस भोटिङको आधारमा यसपटक प्रताप दास, सन्ध्या जोशी र सुजाता पाण्डे बटम थ्रीमा परेका थिए । काठमाडौँबाट अडिसन दिएकी सन्ध्या त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा जनस्वास्थ्य (पब्लिक हेल्थ)मा चौथो वर्षमा अध्ययनरत छात्रा हुन् ।

नेपाल आइडलमा अब बुद्ध लामा, उल्सन श्रेष्ठ, सुरज थापा, प्रताप दास, सागर आले र निशान भट्टराई पुरुष र सुजाता पाण्डे अनि प्रमिला राई महिला प्रतियोगी बचेका छन् । हरेक हप्ता एक प्रतियोगी आउट हुँदै टप थ्रीमा रहेका तीन जना प्रतिस्पर्धीबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : शुक्रवार, साउन १३, २०७४ समय : २२:२६:४१ 1132 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi