तीजको मौकामा मुनाले “पोई चाहियो” भनेपछि…

पहिलोपेज

काठमाडौं । तीजको छेकोमा दिनहुँ अनेकथरि गीत सार्वजनिक भइरहेका छन् । अनेक भाका, अनेक लय, अनेक ताल र अनेक सुरका तीजगीत सुन्न पाएका छन् । चर्चित लोकगायिका कोमल वलीले हरेक तीजमा पोई चाहियो भनेर शिवजीलाई जिस्काइरहिन् र आजित भएपछि लाष्टै चोटि हो पनि भनिन् । अब उनी राजनीतितिर लागिन्, यता त्यो रोग मुनातिर सरेको जस्तो छ ।

तीजकै छेकोमा सन्देश विश्वकर्माको शव्द, सन्देशकै संगीतमा “पोई चाहियो” बोलको तीज गीत बजारमा आएको छ । चर्चित लोकदोहोरी गायिका मुना थापामगर र सन्देश विश्वकर्माको सुमधुर स्वरमा सजिएको यो गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी, निराजन, प्रनिशा र रोहितको अभिनय हेर्न सकिन्छ । बसु बरालले छायाङ्कन गरेको यो म्युजिक भिडियोको सम्पादन दीपक विष्टले गरेका छन् भने निर्देशन एकेन्द्र सारा शंकरको रहेको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : मङ्गलवार, साउन १०, २०७४ समय : २२:३२:२४ 829 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi