पत्रकारद्वय विनिता र मधुको चोली टिमिम्कै {भिडियोसहित}

पहिलोपेज

काठमाडौं । पत्रकारिता र कलालाई सँगसँगै अगाडि बढाइरहेका प्रतिभा हुन्, विनिता मरहट्टा र मधु शाही । तीज आउनुभन्दा २÷३ महिना पहिलेदेखि बजारमा नयाँ नयाँ तीजगीतहरु सार्वजनिक भइरहेका छन् । सयौंको भिडमा पनि पुराना तीजगीत हराउँदै गएको र नयाँ तीजगीतमा मौलिकता र तीज परम्परा हराइरहेको गुनासो आइरहेको बेला विनिता र मधुको तीजगीत आएको छ, चोली टिमिक्कै ।

कान्तिपुरकर्मी मधु शाहीको शब्दमा स्वर दिएकी छन्, अन्नपूर्णकर्मी विनिता मरहट्टाले । संगीतकार ज्योतीप्रकाश विकको संगीत रहेको यो गीतको म्युजिक भिडियोमा गायिका विनिता, गीतकार मधु र मुना पन्थीले अभिनय गरेका छन् । सुमन सागरजंग केसीले म्युजिक भिडियोको निर्देशन गरेका छन् । यसलाई खेमराज, ज्योतिप्रकाश र नवराजले संयुक्तरुपमा छायाङ्कन गरेका छन् । भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् ।

“माइत नि जानी हो, दर पनि खानी हो, टिमिक्कै चोली कसे कसिन्छ” बोलको यो तीजगीत जनबोलीमा टपक्कै टिपिने खालको छ । यो गीतले तीज पर्वसँग जोडिएको परम्परा, रीतिथितिलाई उजागर गरेको छ । तीज पर्वलाई महिलाले माइत गएर दर खाने, साथीसँगी जम्मा भएर नाचगान गर्ने चाडको रुपमा लिइन्छ । बिहेबारी गरी माइतीगाउँ छोडेर टाढा गएका समकालीन साथीसँगीसँग भेट हुने र दुःखसुख साट्ने भएकाले तीजलाई साँस्कृतिक पर्वको रुपमा पनि लिइन्छ । तीजको यही पाटोलाई यो गीतले समेटेको छ ।

सासु–बुहारीको झगडा, लोग्ने–स्वास्नीको भनाभन वा केही अपवादका रुपमा देखिने दाइभाइसँगको नराम्रो सम्बन्धलाई लिएर रुवाईधुवाईमा रुमल्लिएका तीज गीतको भिडमा यो गीत फरक देखिन्छ ।

पोहोरको तीजमा भाइ लिन आयो
यो तीजमा स्कुटी सरर
जाने हो माइत बाआमा भेट्न
उडाउँदै कपाल फरर

माथिका पंक्तिले नारी स्वतन्त्रता र आत्मनिर्भरतालाई प्रतिविम्बित गरेको छ । यो गीतलाई विन्दवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : मङ्गलवार, साउन १०, २०७४ समय : १२:२५:४२ 1197 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi