८ घण्टामै ३ लाख बढी दर्शकले हेरे छक्कापञ्जा– २ को “ए दाजु नसमाऊ”

पहिलोपेज

काठमाडौं । शुक्रवार बिहान ८ बजे युट्युवमा सार्वजनिक गरिएको दीपाश्री निरौला निर्देशित आगामी चलचित्र “छक्कापञ्जा– २”को “ए दाजु नसमाऊ” बोलको गीत ८ घण्टामै ३ लाखभन्दा बढीले हेरेका छन् । आगामी असोज ११ गते रिलिज डेट तय गरिएको “छक्कापञ्जा– २”को यो गीत निकै हिट हुने देखिएको छ ।

दीपाश्रीले निर्देशन गरेको पहिलो चलचित्र “छक्कापञ्जा”को “सुर्के थैली” युट्युवमा ढाई करोडभन्दा बढीपटक हेरिसकिएको छ । त्यस्तै “छक्कापञ्जा”कै अर्को गीत “पूर्वपश्चिम रेल” बोलको गीत पनि उत्तिकै हिट भएको छ । पूर्वपश्चिम रेल पनि झण्डै २ करोडपटक हेरिसकिएको छ । दीपाश्रीकै निर्देशन रहेको “ए दाजु नसमाऊ” बोलको गीत पनि यही गतिमा भ्युअर बटुल्यो भने फिल्म रिलिज हुँदासम्म त करोड नाघ्ने देखिएको छ ।

यो गीतमा स्वस्तिमा, स्वरुप, जीतु, केदार र वर्षाको अभिनय देख्न सकिन्छ । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको छक्कापञ्जा– २ को “ए दाजु नसमाऊ” बोलको गीत अलमोडा राणा उप्रेती र सुजाता वर्माको स्वरमा सजिएको छ । यो गीतको संगीत प्रिन्स र अलमोडाकै छ । प्रिन्स र दीपकराज गिरीको शव्दमा उनिएको यो गीतको एरेञ्जर अलमोडा राणा उप्रेती हुन् ।

चलचित्र छक्कापञ्जा– २ मा दीपकराज गिरी, प्रियङ्का कार्की, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुपपुरुष ढकाल, स्वस्तिमा खड्काको अभिनय रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको छक्कापञ्जा– २ मा रोशन श्रेष्ठको द्वन्द्व, दीर्घ गुरुङको छायाङ्कन रहेको छ । यसको सम्पादन विपिन मल्लले गरेका छन् । छक्कापञ्जा– २ को प्रोड्युसर दीपकराज गिरी हुन् ।

“ए दाजु नसमाऊ” हेर्नुहोस्

प्रकाशित मिति : शुक्रवार, साउन ०६, २०७४ समय : १६:२०:४८ 3966 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi