बेशीको मेलामा रहेकी मुनालाई किन माइत पुग्ने हतारो ? (भिडियोसहित)

उदय जीएम

दाङ । तीजको बेला छ । ज्यान भने बेशीको मेलामा छ । यस्तो बेलामा चेलीको मन कस्तो होला ? यस्तो बेलामा जुनसुकै चेलीको मनमा कतिबेला माइती पुगिएला भन्ने हतारो र चटारोले छोएको हुन्छ । त्यही चटारो यसपालिको तीजमा मुना थापालाई भएको छ ।

“यो बेला बेशीको मेला
कुन बेला माईती देश पुग्गेला ?

नेपाली लोकदोहोरी गायनको क्षेत्रमा अत्यन्त चर्चित र सुपरिचित नाम हो, मुना थापा । उनका सयौं सुमधुर लोकदोहोरी गीतहरु यसअघि नै बजारमा स्रोतादर्शकमाझ आइसकेका छन् । लाखौं स्रोतादर्शककी प्यारी लोकगायिका मुनाले यसपालिको तीजमा कामको मेलामा रहेकी एउटी चेलीको मनमा माइती देश पुग्ने हतारो र चटारो कस्तो हुन्छ भन्ने यथार्थपरक विषयलाई बोकेर बाहिर ल्याएकी छन् ।

मुनाले भनेकी छन्, “सधै यथार्थपरक र समसामयिक बिषय समेटेर मौलिक शब्द रचना गर्नुहुने आदरणीय दाई रमेश बिजीको शब्द, चर्चित गायक दीपक खड्काको लयमा प्रिती मगर, मुना थापा मगर र दीपक खड्काको स्वरमा तयार भएको यो मौलिक गीत युट्युब मार्फत हजुरहरु सम्पूर्णको लागि सार्बजनिक गरेको छु ।” मुनाले समस्त दर्शकस्रोताको माया विगतमा झै सदा पाइरहने आशा गरेकी छन् । उनले भनेकी छन्, “यो गीतलाई पनि मेरा अघिल्ला गीतहरुलाई जत्तिकै माया गरिदिनुहुन्छ भन्ने पूर्ण बिश्वासमा छु ।”

गाउँठाउँमा हजारौं चेलीको मनमा रहेको हुटहुटीलाई टपक्कै टिपेर गीतमा राखिएको छ । त्यही भएर मुनाले भनेकी छन्, “यो गीत विशुद्ध र मौलिक तरिकाले तयार गरिएको छ । यो गीत सेक्सी पनि छैन, अचम्मको पनि छैन, बजारमा आउन साथ चर्चित पनि छैन । उही हामीले गाउँघरमा भोगेका यथार्थहरुलाई समेट्न खोजिएको मात्र छ । चर्चित त हजुरहरुले केही दिनमा बनाइदिनुहुन्छ भन्ने पूर्ण बिश्वासमा छु ।”

प्रस्तुत तीजगीतमा मुना थापामगर र दीपक खड्काले अभिनय गरेका छन् । नृत्य मिशा र आशीषको रहेको छ । करण चैसिरले छायाङ्कन गरेको यो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको यो गीतको भिजुअल उत्पादन साईभिजन प्रालि र अडियो÷भिडियो एमटीइमले बजारमा ल्याएको छ ।

मुनाले यो गीत सार्वजनिक गर्दा नै आफ्नै पारामा भनेकी छन्, “यो गीत आफूले हेर्नुहोला, सुन्नुहोला र आफ्नो आफन्तहरु र साथीभाइहरुलाई पनि अबश्य देखाउनुहोला ।” यो गीत मुना थापामगरका युट्युब च्यानल तथा सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

तलका सबै लिंकमा गएर पनि यो भिडियो हेर्न सकिने छ ।

🌐 https://www.munamagar.com

🌐 https://www.facebook.com/munathapamagar

🌐 https://www.youtube.com/munathapamagar

🌐 https://www.twitter.com/MunaThapa

🌐 https://myspace.com/munathapa

🌐 https://plus.google.com/+munathapamagar

🌐 https://www.instagram.com/munathapamagar

🌐 https://np.linkedin.com/in/munathapam…

🌐 https://soundcloud.com/muna-thapa-magar

प्रकाशित मिति : शुक्रवार, साउन ०६, २०७४ समय : ५:५३:२४ 37968 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi