तीजको बेलामा दाङकी चेली नाच्नमा एक नम्बर [भिडियोसहित]

उदय जीएम

दाङ । अरु समयमा त के हो कुन्नि ? तीजको बेलामा भने दाङकी चेली नै नाच्नमा एक नम्बर हुने गर्छन् । नपत्याए गायन र मोडलिङलाई एकसाथ अगाडि बढाइरहेकी रिता केसीलाई सोधे हुन्छ । उनी भन्छिन्,

बस्न देऊ सानु सुटुक्कै त्यो मनमा
झुम्न देऊ मलाई वैशालु यौवनमा
यो जोवन सानुलाई चाहिँदैन सुनको हार
सन्काउँदै आँखा लच्काउँदै कम्मर
तिमी त नाच्नमा रैछौ नि एक नम्बर

हो, रिता केसी दाङकै चेली हुन् । उनले यसपालिको तीजको कोसेलीको रुपमा “नाच्नमा एक नम्बर” बोलको तीजगीत लिएर दर्शकस्रोतामाझ आएकी छन् । हरेक वर्ष तीजको कोसेली लिएर टुप्लुक्क आइपुग्ने रिताले यसपालि ल्याएको “नाच्नमा एक नम्बर” पनि धेरैले मन पराएका छन् ।

प्रस्तुत गीतमा रिता केसी र सन्दीप न्यौपानेको स्वर छ भने मोडलिङ पनि यी दुईकै छ । शरद पाण्डेको शव्दमा उनिएको “नाच्नमा एक नम्बर”मा संगीत भरेका छन्, दाङकै अर्का प्रतिभा यादव योगीले । सुदीपसागरले एरेञ्ज गरेको यो गीतको म्युजिक भिडियोमा निर्देशन चाहिँ प्रकाश भट्टले गरेका छन् ।

त्यसैगरी “नाच्नमा एक नम्बर”को छायाङ्कन करण चैसिरले गरेका छन् । यसको सम्पादन विष्णु शर्माले गरेका छन् ।

“नाच्नमा एक नम्बर” हेर्न यहाँ क्लिक गर्नुहोला :

प्रकाशित मिति : आइतवार, साउन ०१, २०७४ समय : १८:३१:३७ 7311 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi