पशुपति शर्मा र जुनाको “माइती भन्छन् किन आइती ?” [भिडियोसहित]

पहिलोपेज

काठमाडौं । अहिलेको चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायक र गायिकाद्वय पशुपति शर्मा र जुना श्रीस मगरले “माइती भन्छन् किन आइती ?” बोलको तीजको कोसेली बजारमा ल्याएका छन् । पशुपति शर्माको लय र शब्द रहेको यस गीतमा पशुपति र जुना दुबैको सुमधुर स्वर रहेको छ ।

मगर्स क्रियशन कम्पनीको फिल्म र म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरी बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन । करन चैसिरले छायाङ्कन गरेको यो गीतको बिष्णु शर्माले सम्पादन गरेका छन् । यस गीतमा पशुपति शर्मा, जुना श्रीस मगर र दिलकुमारी राम्जाली गर्बुजामगरको अभिनय रहेको छ । अन्य बाल कलाकारहरु शाश्वत शर्मा र लुबिना शर्मा रहेका छन् । यो गीत युट्यवमा धेरै चर्चित र भिजिट भइसकेको छ । यसलाई यो समाचार तयार पार्दासम्म २ लाख ८१ हजार ९ सय ८१ जनाले हेरिसकेका छन् ।
“माइती किन आइती ?”को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति : आइतवार, आषाढ २५, २०७४ समय : १:१३:१७ 1682 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi