कोमल वलीलाई अब चाहिएन पोई

पहिलोपेज

काठमाडौं । प्रत्येक वर्ष तीज आउन थालेपछि कोमल वलीको पनि तीज गीत आइहाल्थ्यो । उनको गीतमा प्रायः शिवजीसँग पोई चाहियो भनेर प्रार्थना गरिएको हुन्थ्यो । यसै वर्ष पूर्णतः राजनीतिमा होमिएकी कोमल वलीले यसै वर्षदेखि शिवजीसँग पोई माग्न पनि छोडेकी छन् । पोई माग्न छोडेकी मात्रै होइन उनको नयाँ तीज गीतमा उल्टै चाहिएन पोई समेत भन्न भ्याएकी छन् ।

गीतको भिडियोमा प्रारम्भमा लोकगायक पशुपति शर्मा आएर कोमल वलीलाई नमस्ते गर्छन् :
पशुपति शर्मा : दिदी नमस्ते ।
कोमल वली : नमस्ते, पोहरसाल तिमीले मलाई राजनीति गर भन्यौ । मैले राजनीति शुरु गरें । अब के गर्नु पर्ला त ?
पशुपति शर्मा : अब अरु क्यै गर्नु पर्दैन दिदी । तपाईंको भाइलाई सल्लाहकार बनाउनु पर्यो ।
कोमल वली : ए हो ? अबदेखि मेरो भाइ मेरो सल्लाहकार ।

माथिको सम्वादपछि गीत शुरु हुन्छ । गीतमा कोमल वली भन्छिन् :

पोहर तीजमा लाष्टैचोटि भन्दै गीत गाएँ
सबजनाको माया पाएँ राजनीतिमा लाएँ
ओई शिव चाहिएन पोई
अब म बाँच्ने देशकै लागि हो ।

यसको जवाफमा पशुपति शर्मा फर्काउँछन् ः
आज पनि भन्छु मैले भनेको थें हिजै
अरुले झैं भ्रष्टाचार नगरे है दिदै
दिदै अरुले झैं नगरे है पाप
गर्यौ भने पार्छन् पत्तासाप
एवंरीतले नयाँ तीजको गीत अगाडि बढेको छ । कोमल वली र पशुपति शर्माको स्वर रहेको यो तीजगीतमा कोमल वली र पशुपति शर्माले नै अभिनय गरेका छन् । पशुपति शर्माकै लय÷शव्द रहेको यो तीज गीतको निर्देशन बब्बु थापाले गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायाङ्कन दुर्गा पौडेल र सम्पादन प्रवीण भट्टले गरेका छन् । दृश्य निर्माण एकता फिल्मस् नेपालले गरेको कोमलको नयाँ तीज गीतलाई के सिरिजले बजारमा ल्याएको हो । कोमल वलीकै व्यक्तिगत युट्युव च्यानलमा सार्वजनिक गरिएको यो भिडियो यो समाचार तयार पार्दासम्म २१ हजार ७ सय ६५ जनाले हेरिसकेका छन् र यसको भ्युअर बढ्ने क्रममा छ ।

चाहिएन पोई बोलको कोमल वलीको नयाँ तीज गीत हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति : आइतवार, आषाढ १८, २०७४ समय : ०:४४:०५ 6918 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi