तिहारमा पलाँस फुलाउँदै फरक भूमिकामा सुपरस्टार रेखा

पहिलोपेज

Rekha_Palash1काठमाडौं । यसपालिको तिहारमा सुपरस्टार रेखा थापा पलाँस फुलाउँदै छिन् । आजै रिलिज भएको चलचित्रको टिजरमा तिहारताका दर्शकमाझ आउने “पलाँस”मा उनी आफ्ना पूर्ववर्ती चलचित्रहरुमा भन्दा भिन्न भूमिकामा देखिएकी छन् । तराई मधेसको परिवेशमा रेखा, अयुव अनि कामेश्वर फरक लुक्समा देखिएका छन् ।

पहिलोपटक रिलिज गरिएको टिजर सम्वादविहीन छ । कृषा चौलागाईले निर्माण गरेको चलचित्र “पलाँस”को निर्देशन सुवास कोइरालाले गरेका छन् । रेखासँगै पलाँसमा कामेश्वर चौरसिया र अयुव केसी मुख्य भूमिकामा छन् ।

केपी फिल्मस्को प्रस्तुति रहेको पलाँसमा प्रकाश घिमिरे, कमल देवकोटा लगायतको अभिनय रहेको छ । पलाँसमा अर्जुन पोख्रेलले सङ्गीत दिएका छन् भने कविराज गहतराजको कोरियोग्राफी, सानुकुमार महर्जनको द्वन्द्व, सुवास कोइरालाको कथा र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।Rekha_Palash2

रातो, सेतो, पहेंलो र नीलो रंगका फूल फुल्ने पलाँसको फूलको नामबाट चलचित्रको नाम जुराइएको छ । चलचित्र पलाँस आम दर्शकको मनमा कत्तिको फुल्ने हो ? त्यसका लागि भने तिहार नै पर्खिनुपर्ने छ ।

 

पलाँसको टिजर हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति : शुक्रवार, साउन १४, २०७३ समय : २१:४३:०४ 1467 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi