नायिका रेखा थापा फेरि निर्देशक

पहिलोपेज

Rekha_Nirdeshanकाठमाडौं । पिपलको विरुवालाई ढुङ्गामा फाले पनि ढुङ्गैमा उम्रिन्छ र आफ्नो अस्तित्व बचाउँछ र झाङ्गिएर भीमकाय रुख बन्छ । यो समयकी चर्चित र लोकप्रिय नायिका रेखा थापाको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । अभिनय, गुणस्तर र चर्चा सबै दृष्टिले अब्बल नायिका रेखा थापा अब फेरि निर्देशक बन्ने भएकी छन् ।

त्यसो त रेखाले पहिलोपटक निर्देशनमा हात हालेकी होइनन् । उनले यसअघि आफ्नै व्यानरमा निर्मित सफल चलचित्र “हिम्मतवाली”को निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता र कौशल देखाइसकेकी छन् । आफ्नो व्यानरको पछिल्लो चलचित्र “रामप्यारी”को निर्देशन नगरे पनि अब बन्ने चलचित्रमा भने उनी आफै निर्देशन गर्न कस्सिएकी छन् ।

मुख्य क्षेत्र अभिनय भए तापनि रेखाले आफूलाई कुशल निर्देशकका रुपमा पनि स्थापित गरिसकेकी छन् । त्यतिमात्र होइन, गायन र सङ्गीतमा पनि हात हालेर उनले चर्चा कमाइसकेकी छन् । आफ्नै मुख्य भूमिका रहने हालसम्म नाम नजुराइएको आगामी चलचित्रको पनि आफै निर्देशन गर्ने रेखाले बताइन् । आफूले खोजेजस्तो निर्देशक नभेटिएपछि आफै निर्देशन गर्ने निष्कर्षमा पुगेको उनले बताइन् ।Rekha_Thapa

प्रकाशित मिति : बुधवार, आषाढ २९, २०७३ समय : १२:२३:१७ 48471 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi