चलचित्र ब्रासलेटमा “अलि अलि पिउने बानी भो” (भिडियोसहित)

उदय जीएम

Baceletकाठमाडौं । चलचित्र “ब्रासलेट”को नयाँ गीत र प्रोमो सँगसँगै सार्वजनिक गरिएको छ । बुधबार चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रममा “अलि अलि पिउने बानी भो” खोइ माया गरेको ? भन्ने गीत तथा प्रोमो सार्वजनिक गरिएको हो ।

“खोई माया गरेको” बोलको गीतमा नायिका रजनी केसी र अभिनेता रमेश उप्रेतीमाथि फिल्माङ्कन गरिएको छ । माया प्रेमका भाव झल्कने यो गीतमा चर्चित गायक राजेशपायल राई र प्रविशा अधिकारीको स्वर रहेको छ भने ताराप्रसाद लिम्बुले सङ्गीत दिएका छन् । मनमोहक स्थानहरुमा यसको फिल्माङ्कन गरिएको छ । यो गीतको शव्द मदन घिमिरेको हो ।Bracelet1

आगामी भदौ १७ गते देशभर प्रदर्शनको मिति तय गरेर आक्रमक प्रचार थालिएको छ । यही चलचित्रमार्फत रमेश उप्रेती ७ वर्षपछि अभिनयमा कमब्याक भएका छन् । नेपाली चलचित्रप्रेमी दर्शकमाझ राम्रो छाप बनाएका रमेशको कमब्याक चलचित्र पनि राम्रो हुने संकेत चलचित्रको चर्चाले देखाएको छ ।Bracelet2

चलचित्रमा रमेशको जोडी अभिनेत्री रजनी केसी बनेकी छन् । पछिल्लो समय राम्रो व्यवसायिक चलचित्र बन्न सफल भएको चलचित्र “परदेशी”की नायिका रजनी र रमेश चलचित्रमा राम्रो जम्ने संकेत देखिएको छ । व्यवसायिकरुपमा सफल अनेक चलचित्र निर्माण गरिसकेका केशव भट्टराई निर्माता रहेको यो चलचित्रका निर्देशक निर्मल शर्मा “गैंडा” हुन् । यसमा रमेश र रजनीका साथै नम्रता सापकोटा, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिता ठाकुरलगायतको अभिनय रहेको छ ।

ब्रासलेटको गीत हेर्न यहाँ क्लिक गर्नुहोस

प्रकाशित मिति : बुधवार, आषाढ २२, २०७३ समय : १५:४६:५७ 1646 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi