पल्पसा डंगोल ‘चम्सुरी’ अहिलेकी चर्चित हास्यकलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गर्दै आएकी पल्पसा स्टेज कार्यक्रममा पनि सक्रिय छिन् । टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, फिचर फिल्म र स्टेजमा समेत उनको उपस्थिती देखिन्छ । अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः तपाईं कत्तिको फेसनेबल हो ? आफुलाई कुन
चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन्, बर्षा सिवाकोटी । चलचित्र भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनी अब भने ठूलो पर्दामा नै जम्ने बताउँछिन् । अनलाइनखबरका लागि विजय सुवेदी ‘आवाज’सँग कुरा गर्दै उनले मनका कुराहरु खोलेकी छिन् । आफ्नो व्यक्तिगत र चलचित्र करिअरका बिषयमा सिवाकोटीले गरेको

दीपेन्द्रलाई प्रश्नः १३ दिनमा कसरी खिचियो २ घन्टा ११ मिनेटको चलचित्र ?

भन्छन्-‘हामीले झुक्याएका छैनौ, ट्रेलरमा भन्दा धेरै छ, चलचित्रमा’

चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दीपेन्द्र के खनाल चर्चामा छन् । उनले निर्देशन गरेका हरेक चलिचत्रमा उनले कुनै न कुनै प्रयोग गर्ने गर्छन् । नेपालमा ‘थ्री डी’ प्रविधीमा ‘भिजिलान्ते’ नामक चलचित्र उनले नै बनाए । नायिका मनिषा कोइरालालाई लिएर ‘धर्मा’ नामक चलचित्र बनाए । उनै
माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘कैफियत’ । यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेका निर्देशक हुन्, दशरथ गिरी । थुप्रै चलचित्रमा सम्पादन र भीएफएक्सको काम गरिसकेका दशरथ यो चलचित्रको क्याप्टेन बनेका छन् । चलचित्रबाट अत्यन्त उत्साहित देखिएका निर्देशक गिरीसँग अनलाइनखबरले गरेको कुराकानीः १. ‘कैफियत’ के हो ?
‘मलाई रुन पनि आउँदैन, अनि रोएको मान्छेलाई फकाउन पनि आउँदैन,’ आँसु चुहाउँदै जब पर्दामा आर्यन सिग्देल यो संवाद बोल्छन्, धेरैको आँखा उनीसँगै रसाउँछन् । ‘म तिम्रा लागि बोझ त बन्दिनँ नि ?’ नायिका नम्रता श्रेष्ठ जब यो संवाद आर्यनको अंगालोमा सुक्कसुक्क गर्दै बोल्छिन् । कठोर मुटु हुनेको पनि मन पग्लन्छ

सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज

‘चलचित्रको कथा शुद्ध ‘चामल’ जस्तो हुनुपर्छ’

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चलेस बतास सुस्तरी’का नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको ‘मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियो’ भन्ने संवाद हिट छ । ‘सो सिम्पल’बाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग
फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम्स’की मुख्य नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेपछि उनको चर्चा चुलिएको छ । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत रहेर कुरा गर्दै गर्दा साम्रज्ञीले आफ्ना चाहना र इच्छा सुनाइन् । सानैबाट कलाकार बन्छु भन्ने लाग्थ्यो उनलाई । चलचित्रमा काम गर्ने कलाकार
गायिका रजिना रिमाल आधुनिक र चलचित्रका गीतमा स्वर भरेर चर्चामा छिन् । रजिनाको स्वरमा धेरै गीतहरु चर्चित भएका पनि छन् । उनै, रजिनाको स्वरमा समावेश ‘छैन माया’ बोलको गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । तेजेन्द्र गुरुङको संगीत रहेको यो गीतमा तारानाथ आचार्यको शब्द छ । शीव वीकले यो
चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राहादानी’को ट्रेलर र एउटा मारुनी गीत सार्वजनिक गरिएको छ । संचारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेको यो चलचित्रलाई लक्ष्मीप्रसाद ढकालले निर्माण गरेका हुन् । गरिबीका कारण मलेसिया पुग्ने नेपालीको कथालाई डब्बुले आफ्नै लेखनमा बुनेका छन् । ट्रेलरमा चलचित्रका मुख्य ३ गीतलाई महत्व दिइएको छ
चलचित्र ‘फन्को’को प्रिमियरमा नायिका प्रियंका कार्कीले लगाएको पहिरन हेर्दा नै थाहा हुन्थ्यो, पौषको अन्तिम समयमै उनका लागि जाडो गैसकेको थियो । यो त फागुनको अन्तिम हप्ता हो । यसैले पनि पौषमै जाडोलाई बाइबाइ गरेकी यी सुन्दरीले फागुनको अन्तिम हप्तामा गर्मी महशुश गर्नु कुनै नौलो कुरा होइन । ‘यो पोखरा हो