नाम जतिकै सुन्दर छैन रुपमतीको कथा । तपाई हिड्ने पिच सडकमा रुपमती कुप्रो शरीर हल्लाउँदै शरीरको धुलो टकटकयाइरहेकी हुन सक्छिन् । घर कता हो भनी तपाईले सोध्दा — आकाशलाई छानो धर्तीको माटोलाई घर बताउन सक्छिन् । जवाफ सुन्दा बहुलाही ठानेर तपाईका दुई ओंठ चल्मलाउन सक्छन् । ओठको के भर ?
‘हेल्लो मिस्टर पत्रकार ? फोटो हामी पनि खीचौंन” अपरिचित युवतीको अप्रत्यासित आग्रहमा ‘हस्स’ भन्दै उनको समिप पुगे्र लेन्स मिलाउदै उनको रुपको आकृतिलाई क्यामेरामा कैद गर्दै थिए, फेरी बोलिन ‘सेल्फी प्लिज’१ म छेउमै गए्र उनीले आफ्नो सेलफोन खोलिन्र म संगै चिप्किएर अनुहार बिगार्दै हातको दुई औला ठड्याउदै पाँचपोज जति ‘सेल्फी’ लिइन् ्र
तपाइलाई सुनाउनै पर्दा म धेरै कुरा बिर्सिरहेको छु । आफ्नो वर्तमान, भविष्य, परिवार, समाज सबै थोक एक—एक गरी मेरो मानस्पटलबाट हराउँदै–हराउँदै गइरहेका छन् । घरेलु श्रीमतीले भुँडी बोकेसरी एक टुक्रा कागज मसँग छ । खै कुन दिनदेखि हो यो कागज मैले बोकिराखेको छु । फरक यति हो श्रीमतीहरुको भुँडीको भार
वनारसको एउटा चिसो साँझको कुरा हो, भट्टराई परिवारका लोग्नेमानिसहरू घरको चोकमा जम्मा भएर आगो तापिरहेका थिए, उनीहरूका सामुन्ने अचानक मैलोमैलो कुर्ता र धोक्रे सुरुवालमाथि पुरानो खाले डबल भेस्ट शैलीमा सिलाइएको कोट लगाएको उन्नत ललाट र अत्यन्त कमनीय आँखा भएको एउटा युवक आएर उभियो । आगो तापिरहेका भट्टराई बन्धुहरूका आँखा एकैपटक

बाग्लुङमा कम्युनिष्टः हिसिलाका बुबादेखि झलनाथ खनालसम्म

पुस्तक अंशःधौलागिरीमा कम्युनिष्ट आन्दोलनको रुपरेखा

विसं. २००७ मा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका बहिनीज्वाइँ पाल्पाका चीरन्जीवीलाल वैद्य बागलुङ आएर कम्पुटोलस्थित हरिहर श्रेष्ठ (हाल एमाओवादीका जिल्ला सल्लाहकार, पुराना कम्युनिष्ट) को घरमा डेरा गरी विभिन्न प्रगतिशील किताबहरु जम्मा गरी प्रगतिशील विचारको प्रचारप्रसार गर्ने कार्यको शुरुवात गरे । यिनले स्थानीय युवाहरुलाई जम्मा गरी प्रशिक्षण दिने र युवक सङ्घ बनाउने

गजल

एउटा ध्यानाकर्षण

कोही सुतेका छन् गुन्द्री ओढी पराल ओछ्याएर खुल्ला आकाशमूनि नाङ्गो भूईंमा पाल ओछ्याएर !! थाहा भो सत्ता नै अन्तिम अभीष्ट हुँदोरैछ आखिर कति चाँडै सत्तामा पुगे बन्दुकको नाल ओछ्याएर !! रातो कार्पेटमाथि सुस्त सुस्त पाइला अघि सार्दै झूठो वाचा गर्दैछन् बाघको चाल ओछ्याएर !! मत्स्यदेखि मनुष्यसम्म पासो थापी हिँड्छन् यहाँ
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका समसामयिक लेखहरुको संगालो हो-सन्दर्भ र विचार । तरुण प्रकाशन प्रालिले ०६९ सालमा प्रकाशनमा ल्याएको संगालोमा ०६५ देखि ०६८ सम्म लेखिएका लेख छन् । पुस्तकमा नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्था र हाम्रा नेताहरूको चरित्र देखेर चिन्तित देखिन्छन् । मेरो विचारमा यो पुस्तक नयाँ पुस्ताका युवाले
हातमा प्रयोगशालाका ट्युब र केमिकलहरु बोकेर शहिदहरुका फोटा अंकित फ्रेमबाट फुत्त निस्कन्छन शहिद बेनोज अधिकारी ठिङ्ग उभिएर मेरै सामुन्ने नियालेर मलाई नै बोल्छन् – ओ प्रभात जी ! कसरी अगाडी बढ्दैछ हँ जनवादी शिक्षा ? बन्द ढोका भित्र शहिद बेनोज अधिकारी ! त्यो पनि स-स्वर र स-शरीर !! झल्याँस्स हुन्छु