सुनमाया तिमीलाई थाहा छ ? हाम्रो घरको चुल्हो मुस्किलले सल्किन्छ जब सल्किन्छ म देख्छु धुवाँमा मेरी आमा सकिरा झै ब्रेक डान्स गर्दैछिन्   कहिले पातली गाइको थुनमा कहिले घरमास्थिरको पाखो बारीमा त कहिले घरको दैलोमा मेरी आमाको हात कलात्मक रुपले सर्‍याकसुरुक गरिरहेको छ   मलाई लाग्छ मेरी आमा
वनारसको एउटा चिसो साँझको कुरा हो, भट्टराई परिवारका लोग्नेमानिसहरू घरको चोकमा जम्मा भएर आगो तापिरहेका थिए, उनीहरूका सामुन्ने अचानक मैलोमैलो कुर्ता र धोक्रे सुरुवालमाथि पुरानो खाले डबल भेस्ट शैलीमा सिलाइएको कोट लगाएको उन्नत ललाट र अत्यन्त कमनीय आँखा भएको एउटा युवक आएर उभियो । आगो तापिरहेका भट्टराई बन्धुहरूका आँखा एकैपटक
रुन्छु कराउँछु सुन्ने कोहि छैनन् गिद्द का आँखा यहाँ छेक्ने कोहि छैनन् भबिष्य मैले यस्तो रचेकी थिइनँ बिश्वासको पाप मैले भोगेकी थिइनँ देवीको रुप भन्छन् नारी खै आफुमा कुनै मैले शक्ति भेटिनँ लाचार र बिवश इज्जत को भिख माग्नु बाहेक केहि गर्नै सकिनँ म पीडा ले मरेँ, ग्लानी ले मरेँ

गजल

एउटा ध्यानाकर्षण

कोही सुतेका छन् गुन्द्री ओढी पराल ओछ्याएर खुल्ला आकाशमूनि नाङ्गो भूईंमा पाल ओछ्याएर !! थाहा भो सत्ता नै अन्तिम अभीष्ट हुँदोरैछ आखिर कति चाँडै सत्तामा पुगे बन्दुकको नाल ओछ्याएर !! रातो कार्पेटमाथि सुस्त सुस्त पाइला अघि सार्दै झूठो वाचा गर्दैछन् बाघको चाल ओछ्याएर !! मत्स्यदेखि मनुष्यसम्म पासो थापी हिँड्छन् यहाँ
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका समसामयिक लेखहरुको संगालो हो-सन्दर्भ र विचार । तरुण प्रकाशन प्रालिले ०६९ सालमा प्रकाशनमा ल्याएको संगालोमा ०६५ देखि ०६८ सम्म लेखिएका लेख छन् । पुस्तकमा नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्था र हाम्रा नेताहरूको चरित्र देखेर चिन्तित देखिन्छन् । मेरो विचारमा यो पुस्तक नयाँ पुस्ताका युवाले
हातमा प्रयोगशालाका ट्युब र केमिकलहरु बोकेर शहिदहरुका फोटा अंकित फ्रेमबाट फुत्त निस्कन्छन शहिद बेनोज अधिकारी ठिङ्ग उभिएर मेरै सामुन्ने नियालेर मलाई नै बोल्छन् – ओ प्रभात जी ! कसरी अगाडी बढ्दैछ हँ जनवादी शिक्षा ? बन्द ढोका भित्र शहिद बेनोज अधिकारी ! त्यो पनि स-स्वर र स-शरीर !! झल्याँस्स हुन्छु