१. विषय प्रवेश : नेपाल भौगोलिक विविधतासँगै जातीय विविधता, भाषिक विविधता, साँस्कृतिक विविधताका साथै धार्मिक रुपले पनि विविधतायुक्त मुलुक हो । नेपालको जनगणना २०६८ का अनुसार नेपालमा १ सय २५ जातजातिहरु बसोवास गर्ने गर्दछन् । नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेकाले पनि उनीहरुको संस्कार र संस्कृतिहरुमा विविधता पाइने गर्दछ । नेपालको
वनारसको एउटा चिसो साँझको कुरा हो, भट्टराई परिवारका लोग्नेमानिसहरू घरको चोकमा जम्मा भएर आगो तापिरहेका थिए, उनीहरूका सामुन्ने अचानक मैलोमैलो कुर्ता र धोक्रे सुरुवालमाथि पुरानो खाले डबल भेस्ट शैलीमा सिलाइएको कोट लगाएको उन्नत ललाट र अत्यन्त कमनीय आँखा भएको एउटा युवक आएर उभियो । आगो तापिरहेका भट्टराई बन्धुहरूका आँखा एकैपटक

बाग्लुङमा कम्युनिष्टः हिसिलाका बुबादेखि झलनाथ खनालसम्म

पुस्तक अंशःधौलागिरीमा कम्युनिष्ट आन्दोलनको रुपरेखा

विसं. २००७ मा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका बहिनीज्वाइँ पाल्पाका चीरन्जीवीलाल वैद्य बागलुङ आएर कम्पुटोलस्थित हरिहर श्रेष्ठ (हाल एमाओवादीका जिल्ला सल्लाहकार, पुराना कम्युनिष्ट) को घरमा डेरा गरी विभिन्न प्रगतिशील किताबहरु जम्मा गरी प्रगतिशील विचारको प्रचारप्रसार गर्ने कार्यको शुरुवात गरे । यिनले स्थानीय युवाहरुलाई जम्मा गरी प्रशिक्षण दिने र युवक सङ्घ बनाउने
म कर्कलाको पात टिपेर ल्याउँथे । पहिलेदेखि भाँचेर राखिएका सिन्काहरू प्ाातमा राख्थेँ र उनीतिर हेर्दै भन्थेँ, योचाहिँ, चुरोट । कालिमुन्टेका स-साना पातका पैसाले उनी सिन्काका चुरोट किन्न आउँथिन् । स-साना बाटुला परेका ढुंगालाई चकलेटको खोलभित्र राखेर बटारेपछि हामीले बेच्ने चक्लेट तयार हुन्थ्यो । कहिलेकाहीँ वाइवाई र मामा चाउचाउको खोल पाइयो
नदीको तटमा बसेर मसिना ढुंगा टिप्दै पानीमा फालिरहेको रहेछु । अकस्मात तरंगित पानीमा रातो हल्लिरहेको देखेँ । झसंग भएँ, पछाडि फर्केर हेरेँ, भीक्षु रहेछन् । तिनै भीक्षु, जसले हिजो प्रवचन दिएका थिए । सायद उनी एकान्त खोज्दै आएका थिए होला । म झस्केको भीक्षुलाई कुरा गर्ने बाटो खुलेछ क्यारे ।
शिक्षित ठानेकै गाउँका नारी बेपत्ता हुन्छन् बलात्कार भई लाएको सारी बेपत्ता हुन्छन् । कोही बेचिन्छन्, कोही जिउँदै बालिन्छन् अचेल, ठाउँको ठाउँ अपराधी बन्दुकधारी बेपत्ता हुन्छन् । महिलाको शत्रु महिला नै, घर-घरमा हुँदा रैछन् दाइजोको निहुँमा सासुबाट बुहारी बेपत्ता हुन्छन् । माया लाउने निहुँमा सोझा दिदी-बहिनीहरु घर पुग्न नपाउँदै खोलापारि बेपत्ता