वनारसको एउटा चिसो साँझको कुरा हो, भट्टराई परिवारका लोग्नेमानिसहरू घरको चोकमा जम्मा भएर आगो तापिरहेका थिए, उनीहरूका सामुन्ने अचानक मैलोमैलो कुर्ता र धोक्रे सुरुवालमाथि पुरानो खाले डबल भेस्ट शैलीमा सिलाइएको कोट लगाएको उन्नत ललाट र अत्यन्त कमनीय आँखा भएको एउटा युवक आएर उभियो । आगो तापिरहेका भट्टराई बन्धुहरूका आँखा एकैपटक
म कर्कलाको पात टिपेर ल्याउँथे । पहिलेदेखि भाँचेर राखिएका सिन्काहरू प्ाातमा राख्थेँ र उनीतिर हेर्दै भन्थेँ, योचाहिँ, चुरोट । कालिमुन्टेका स-साना पातका पैसाले उनी सिन्काका चुरोट किन्न आउँथिन् । स-साना बाटुला परेका ढुंगालाई चकलेटको खोलभित्र राखेर बटारेपछि हामीले बेच्ने चक्लेट तयार हुन्थ्यो । कहिलेकाहीँ वाइवाई र मामा चाउचाउको खोल पाइयो
नदीको तटमा बसेर मसिना ढुंगा टिप्दै पानीमा फालिरहेको रहेछु । अकस्मात तरंगित पानीमा रातो हल्लिरहेको देखेँ । झसंग भएँ, पछाडि फर्केर हेरेँ, भीक्षु रहेछन् । तिनै भीक्षु, जसले हिजो प्रवचन दिएका थिए । सायद उनी एकान्त खोज्दै आएका थिए होला । म झस्केको भीक्षुलाई कुरा गर्ने बाटो खुलेछ क्यारे ।
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका समसामयिक लेखहरुको संगालो हो-सन्दर्भ र विचार । तरुण प्रकाशन प्रालिले ०६९ सालमा प्रकाशनमा ल्याएको संगालोमा ०६५ देखि ०६८ सम्म लेखिएका लेख छन् । पुस्तकमा नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्था र हाम्रा नेताहरूको चरित्र देखेर चिन्तित देखिन्छन् । मेरो विचारमा यो पुस्तक नयाँ पुस्ताका युवाले
शिक्षित ठानेकै गाउँका नारी बेपत्ता हुन्छन् बलात्कार भई लाएको सारी बेपत्ता हुन्छन् । कोही बेचिन्छन्, कोही जिउँदै बालिन्छन् अचेल, ठाउँको ठाउँ अपराधी बन्दुकधारी बेपत्ता हुन्छन् । महिलाको शत्रु महिला नै, घर-घरमा हुँदा रैछन् दाइजोको निहुँमा सासुबाट बुहारी बेपत्ता हुन्छन् । माया लाउने निहुँमा सोझा दिदी-बहिनीहरु घर पुग्न नपाउँदै खोलापारि बेपत्ता