घोडदौराको पहाडमा भेटिए १७ कविता र ५ वटा गीत

पहिलोपेज

दाङ । जिल्लाको ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ भेटिएका छन् । तीन वर्षदेखि दाङमा फरक फरक शैलीमा साहित्यिक कार्यक्रमहरु गर्दै आएको उदाहरण समूहले यसपटक “घोडदौराको पहाडमा १७ कविता र ५ गीत” नामक कार्यक्रम गरेको हो ।

कार्यक्रमका लागि घोराही र तुलसीपुरका साहित्य तथा गीत संगीतको क्षेत्रमा लागेका युवाहरु त्यहाँ पुगेका थिए । कार्यक्रममा उदाहरण समूहका अभियन्ताहरु नवीन अभिलाषी, विष्णु सन्यास, घनश्याम अस्तित्व, प्रेमप्रकाश मायालु, नवीन शर्मा, संगीत मगर लगायतले १७ वटा कविताहरु बाचन गरेका थिए । बलप्रसाद पुन, सुनिल मगर, धिरज मगर र देविका मगरले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा घनश्याम अस्तित्वले उदाहरण समूह र यसले गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

घोडदौरालाई जिल्लाकै सुन्दर पर्यटकीय क्षेत्रको रुपमा लिने गरिन्छ । त्यहाँबाट दाङ उपत्यका दृश्यावलोकन गर्न सकिने भएकाले घोराही तुलसीपुरको साथै यस आसपासका ब्यक्तिहरुले घुमफिर गर्न समेत त्यहाँ जार्ने गर्छन् ।

प्रकाशित मिति : आइतवार, साउन २२, २०७४ समय : १२:०५:४६ 1382 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi