भानु जयन्तीमा क्षितिज अभिनन्दित हुने, पुरणलाई बधाई

पहिलोपेज

रोल्पा । ललित साहित्य परिषद्, रोल्पाले भानुजयन्तीको अवसरमा साहित्यकार क्षितिज मगरलाई अभिनन्दन गर्ने भएको छ । भानुयन्तीको अवसरमा असार २९ गते लिबाङमा हुने कार्यक्रममा मगरलाई सम्मान गरिने परिषद्का अध्यक्ष लोक आलोकले जानकारी दिए ।

परिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । परिषद्ले २०६० सालदेखि रोल्पा जिल्लाको साहित्यिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याउने अग्रज स्रष्टाहरूलाई अभिनन्दन गर्दै आएको छ । परिषद्ले हालसम्म १५ भन्दा बढी स्रष्टाहरुलाई अभिनन्दन गरिसकेको छ ।

कविताका साथै आख्यानमा विशेष कलम चलाउँदै आएका क्षितिज मगरका ‘आस्थाका पर्खालहरू’संयुक्त कवितासङ्ग्रह (२०६२), ‘सुनछहरीको ऐनामा’ कथासङ्ग्रह (२०६४) र ‘गण्डक अभियान’ संस्मरणसङ्ग्रह(२०६८) प्रकाशित छन् । उनले ललित साहित्य परिषद्मा ‘दलसुर स्मृति कथा पुरस्कार’को स्थापना समेत गरेका छन् ।

यसैबीच परिषद्को शनिबारकै बैठकले कवि पुरण क्षेत्रीलाई एक कार्यक्रम आयोजना गरी बधाई दिने निर्णय गरेको छ । परिषद्का सल्लाहकार एवम् आजीवन सदस्यसमेत रहेका क्षेत्री हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिकाको नगर प्रमुख पदमा विजयी भएकोले बधाई कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष लोक आलोकले जानकारी दिए । उनका अनुसार यही २७ गते बिहान साढे ७ बजे वाचनालयमा कार्यक्रम तय गरिने भएको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ २४, २०७४ समय : २३:२९:२२ 361 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi