ओमानमा उपन्यास “भुमरी”को चर्चा र स्रष्टाहरु सम्मानित

जीबी लामा

मस्कट (ओमान) । अन्तर्राष्ट्रिय साहित्य समाज ओमान च्याप्टरले एक समारोहको आयोजना गरी पत्रकार तथा लेखक बसन्त नेपालको नयाँ कृति “भुमरी” उपन्यासमाथि परिचर्चा गरेको छ । परिचर्चा कार्यक्रममै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मानित पनि गरिएको छ ।

समाजका अध्यक्ष दिलप्रसाद पौडेलको अध्यक्षता र सुशील पुन बिरहीको सञ्चालनमा अघि बढेको समारोहका प्रमुख अतिथि नेपाली कुटनीतिक नियोग प्रमुख रोजिना ताम्राकार तथा विशेष अतिथिको रूपमा बसन्त नेपाल रहेका थिए । कृष्ण प्यासीले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा ओमानस्थित साहित्य, कलाकारिता तथा पत्रकारिता लगायत बिविध विधामा लागेका ब्यक्तित्वहरुलाई खादा तथा सम्मानपत्रसहित प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो । मिर्मिरे साँस्कृतिक परिवार, रक्तिम साँस्कृतिक परिवार लगायत कलाकारिता क्षेत्रका करीब तीन दर्जन कलाकारहरुलाई पनि उनीहरुको कला र साहित्यप्रतिको योगदानलाई कदरलाई गर्दै सम्मानित गरिएको आयोजकले जनाएको छ ।

समारोहमा गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक डिबी क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, नेपाली समाज ओमानका किरण राई, प्रवासी नेपाली मन्च ओमानका रामहरि गिरी, गजलकार सोमकृष्ण श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, पत्रकार शालिकराम आचार्य, समाजसेवी तोलाकान्त भट्टराई लगायतले उपन्यास भुमरीमाथि आआफ्नो टिप्पणी प्रस्तुत गरेका थिए । अन्तमा लेखक बसन्त नेपालले आफ्नो उपन्यासको बिषयबस्तुहरुमाथि अमूल्य सुझाव तथा प्रतिक्रियाको लागि धन्यवाद दिँदै आगामी प्रकाशनहरुमा ती सबै बिषयहरुलाई समेट्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

वैदेशिक रोजगारसँग सम्बन्धित तथा सामाजिक बिषयबस्तु समेटिएको उपन्यास “भुमरी” नेपालको दोस्रो कृति हो । सो कृति वैदेशिक रोजगारीको सिलसिलामा नै लेखिएको थियो ।

प्रकाशित मिति : शनिवार, बैशाख ३०, २०७४ समय : २२:४२:३९ 1622 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi