लोकार्पण हुँदैछ एघार स्रष्टाको जियालो महाकाव्य

पहिलोपेज

दाङ । एघारजना कविहरुद्वारा लेखिएको जियालो महाकाव्यको शनिबार घोराहीमा लोकार्पण हुने भएको छ । राप्ती साहित्य परिषदसहित जिल्लामा क्रियाशील सबै साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा उक्त महाकाव्यको लोकार्पण गर्न लागिएको हो ।

दाङकी कवि बुनु लामिछानेलगायत देशका विभिन्न क्षेत्रका ११ जना कविहरुको संयुक्त कृति जियालो महाकाव्यको विशेष समारोहका बीच लोकार्पण गर्न लागिएको राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

नयाँ वर्षको शुभकामनासँगै बैशाख २ गते बिहान ११ बजे घोराही उपमहानगरपालिकाको सभाकक्षमा कार्यक्रम हुने खनालले जानकारी दिए । कार्यक्रमको आयोजकहरुमा परिषद्का साथै प्रगतिशील लेखक संघ, लेखक संघ, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, देउखुरी साहित्य तथा संस्कृति मञ्च, सिस्नोपानी नेपाल दाङलगायत रहेका छन् ।

प्रकाशित मिति : बिहिवार, चैत्र ३१, २०७३ समय : २०:१७:०२ 130 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi