बाग्लुङमा कम्युनिष्टः हिसिलाका बुबादेखि झलनाथ खनालसम्म

पुस्तक अंशःधौलागिरीमा कम्युनिष्ट आन्दोलनको रुपरेखा

कृष्णबहादुर केसी

विसं. २००७ मा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका बहिनीज्वाइँ पाल्पाका चीरन्जीवीलाल वैद्य बागलुङ आएर कम्पुटोलस्थित हरिहर श्रेष्ठ (हाल एमाओवादीका जिल्ला सल्लाहकार, पुराना कम्युनिष्ट) को घरमा डेरा गरी विभिन्न प्रगतिशील किताबहरु जम्मा गरी प्रगतिशील विचारको प्रचारप्रसार गर्ने कार्यको शुरुवात गरे । यिनले स्थानीय युवाहरुलाई जम्मा गरी प्रशिक्षण दिने र युवक सङ्घ बनाउने काम पनि गरेका थिए ।

Krishna KCवि.सं. २०१० मा भूपी शेरचन बागलुङ आई भाषण गर्दा युवक सङ्घले सामन्तवाद, साम्राज्यवादको विरोध गर्नुपर्छ भनेका थिए । २०११ सालमा धर्मदत्त यमी (माओवादी नेतृ हिसिला यमीका बुबा) बागलुङ आएर साहित्य गोष्ठीमार्फत प्रगतिशील विचारको प्रचार गरेका थिए ।

शैलेन्द्रकुमार उपाध्याय कम्युनिष्ट नेता, हर्ष स्याङ्वोजस्ता व्यक्तिले विद्या मन्दिरमा पढाउँदा बालकृष्ण नेवा, हरिहर श्रेष्ठ जस्ता प्रगतिशील युवाहरुमा सक्रियता बढेको थियो ।

वि.सं. २०१३ मा विष्णु नेपालीले बाग्लुङ आई विद्यार्थी फेडरेशनको गठन गरे । हरिप्रसाद प्रधानको अध्यक्षतामा लालचन्द राजभण्डारी, रामकृष्ण दुःखी, बालकृष्ण नेवा र हरिहर श्रेष्ठजस्ता युवाहरु फेडरेशनमा थिए । २०१५ सालको चुनावमा बागलुङ बजारको विद्यामन्दिर स्कुलमा विद्यार्थी युनियनको चुनाव भयो । त्यसमा प्रगतिशील समूहको प्यानल बनाएर राधेश्याम कमारो- सचिव, पदमचन्द्र राजभण्डारी- कोषाध्यक्ष, सदस्यहरु- धनकाजी श्रेष्ठ, हितमान गौचन, देवेन्द्रराज अधिकारी, धनबहादुर घर्तीमगर निर्वाचित भए । प्रगतिशील प्यानलको विजयले स्कुल र बजारका युवाहरुमा कम्युनिष्ट विचार र चेतनाको प्रभाव बढ्न थाल्यो ।

त्यस्तै २००७ सालमा स्थानीय बिहूँ गाविसको चुनावमा धाँदली भएको विरोध गर्दा तत्कालीन वाम विद्यार्थी नेता राघेश्याम कमारोलाई प्रशासनले गिरफ्तार गर्‍यो । त्यसका विरुद्ध बागलुङमा पहिलोपल्ट मशाल जुलुस निस्केको थियो । बागलुङका प्रगतिशील विद्यार्थी युवाहरु२०१७ सालमा बुटवलमा हुने विद्यार्थी फेडरेशनको राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेका थिए । त्यही समयमा राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद् विघटन गरी निरङ्कुश पञ्चायती व्यवस्था घोषणा गर्दै राजनीतिक पार्टी र सङ्घ-संस्था माथि प्रतिबन्द लगाए । जसका कारण फेडरेशनको राष्ट्रिय सम्मेलन स्थगित भयो ।

त्यसैगरी २०१४ असोज १४ गते नेपाल सरकारले गल्कोट राज्य, माल र अदालत खारेज गर्ने निर्णय गर्‍यो । राज्य नै खारेज भएपछि गल्कोटका राजा र तिनका आसेपासे तथा त्यस क्षेत्रका सामन्त, फटाहा, शोषकहरुको स्वर्गमा भुइँचालो गयो । राजाका माइला छोरा थीरबम मल्ल मुक्ति सेनाका कमान्डर थिए । यिनको नेतृत्वमा वीरगञ्ज मुक्त भएको थियो । पछि राणाहरुले यिनको हत्या गरेकाले यिनी शहीद भए ।

वि.सं २०१५ सालको संसदीय निर्वाचनमा गल्कोटे राजा भरतबम मल्ल उम्मेदवार बनेका थिए । डा.के.आई. सिंहको पार्टीबाट भीमप्रसाद शेरचन चुनाव लडेका थिए । चुनावमा हार भएपछि गल्कोटका धनीमानी थकालीहरुकम्युनिष्ट बनेर हिँड्न थाले । वसन्त गौचनको सहयोगमा तेजव गौचन, तस्मत गौचन, बलबहादुर गौचन कम्युनिष्ट बनेका थिए । २०१७ सालको फौजी काण्डपछि राजाले पञ्चायती व्यवस्था लागू गरेपछि वसन्त गौचनबाहेक सबै थकाली पञ्चायतमा प्रवेश गरी कम्युनिष्टको विरोध गर्न थाले ।

झलनाथ खनाल पनि गल्कोटमा चित्रबहादुर केसीलगायतसँग मिलेर कम्युनिष्ट विचारको प्रचारमा लागे ।

त्यस्तै २०१७ सालमा गल्कोटको गौमुखी स्कुलमा बलराम जोशी नामका कम्युनिष्ट शिक्षक पढाउन आए । यिनले त्यस क्षेत्रका युवाहरुमा कम्युनिष्ट विचारधाराको प्रचार गरे ।

प्युठानका खड्कबहादुर जिसी (पछि अञ्चलाधीश तथापूर्व एमाओवादी सभासद) सँग सम्पर्क भएपछि उनी कम्युनिष्ट बनेर गल्कोट फर्केका थिए ।

काठमाडौँबाट फर्केपछि गल्कोटमा शिक्षण पेशा गर्दै उनले कम्युनिष्ट विचारको प्रचार-प्रसार गर्न थाले । पछि झलनाथ खनाल ०२५/०२६ सालतिर गल्कोटमा शिक्षक भएर आए ।

झलनाथ खनाल पनि गल्कोटमा चित्रबहादुर केसीलगायतसँग मिलेर कम्युनिष्ट विचारको प्रचारमा लागे । त्यसभन्दा पहिला २०२३ सालतिर तत्कालीन गौमुखी हाइस्कुल (हाल गल्कोट हटिया उमावि) मा गुल्मीका माधव ज्ञवाली, केशव ज्ञवाली, धनबहादुर थापा शिक्षकका रुपमा आएर कम्युनिष्ट विचारको प्रसार-प्रसार गर्ने काम गरेका थिए । यसले गर्दा गल्कोट क्षेत्रमा कम्युनिष्टको प्रभाव विस्तार हुँदै गयो ।

त्यतिबेलाका विद्यार्थी नीलप्रसाद श्रेष्ठ, राजवीर श्रेष्ठ, हुमसिंह भण्डारी, दीर्घ पाण्डेलगायतकाहरु कम्युनिष्ट विचारबाट प्रभावित भई राजनीतिक गतिविधिमा सामेल हुन थालेका थिए ।

कम्युनिष्टहरुको बढ्दो प्रभावले गर्दा प्रशासनले गल्कोटमा दमन गर्न थाल्यो । ०२६ साल भदौमा रातको समयमा गल्कोट प्रहरी चौकीका प्रमुखलाई कब्जामा लिई खोलामा फाल्ने काम भयो । यो काण्डले गर्दा गल्कोट क्षेत्रमा कम्युनिष्ट विचारमा लागेका शिक्षक, विद्यार्थीलगायत आम शुभेच्छुकहरुप्रति प्रशासनले धरपकड शुरु गर्‍यो ।

यसैक्रममा २०२६ साल फागुन ७ गते गरी जेल चलान गरियो ।तारी भयो । काठमाडौँमा अध्ययन गर्दागर्दै बागलुङमा शिक्षकका रुपमा अध्यापन गर्न आएका हाल एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री जेएन खनाल, देवराज पन्त, माधव ज्ञवालीलाई शान्ति सुरक्षा ऐनअन्तर्गत गते प्रजातन्त्र दिवसको अवसर पारेर गल्कोट, हटियाचौरको चरौदीस्थित पार्वती माविमा पञ्चायतविरोधी सांस्कृतिक कर्यक्रम देखाउने काम भयो ।

यसको उजुरी बागलुङ प्रशासनमा परेपछि गल्कोटमा थप चित्रबहादुर केसी, बालमुकुन्दलगायतका व्यक्ति भने फरार भए । दीर्घ पाण्डे, माधव ज्ञवाली, तस्मत गौचन लगायतलाई सङ्घ-संस्था खोलेकोमा मुद्दा चलाइयो । जेएन खनाल, देवराजलगायतका व्यक्तिहरु तीन महिनापछि छुटे ।

चित्रबहादुर केसी फरार भए पनि जेएन खनाल बागलुङ जाँदै गर्दा रामसिंह श्रतारी दिन बागलुङ गए । उनी जेल परे । तारी दिने निर्णय गर्‍यो र उनी गिरीस (तत्कालीन गल्कोट स्कुलका विद्यार्थी तथा हाल एकीकृतका नेता) सहितका विद्यार्थीले माझखर्कबाट प्रहरीको पञ्जाबाट जेएन खनाललाई छुटाई हरिचौरको बाटो नारा लगाउँदै हटिया हाइस्कुलमा लगेका थिए ।

Dhabalagiri-Communist,-Krishna-KCचित्रबहादुर फरार भएर स्कुलमा गएका थिएनन् । खनाल छुटेपछि गल्कोट स्कुलमा जाँदा चित्रबहादुर सम्पर्कमा नआएपछि उनको खोजतलास गर्दा उनी दुदिलाभाटीको ज्यामिरेमा टेकवीर गुरुङको घरमा बसेको खबर पाएपछि रामसिंह श्रीसलगायतका विद्यार्थीले खनालको भेट केसीसँग गराउन गुरुङको घरमा लगेका थिए ।

गल्कोटमा व्यापक धरपकड भएपछि त्यतिबेला देवराज पन्तलाई हरिचौर गाविस प्रधानपञ्चमा पार्टीले चुनाव लडायो । उनले जिते । केसी र खनालले त्यहाँ रातभरि कुरा गरे । खनाल बागलुङ छाड्ने शर्तमा रिहा भएकाले उनले बागलुङ छाडे ।

त्यसबाहेक गल्कोट क्षेत्रमा कम्युनिष्ट निकट व्यक्तिहरु प्रधानपञ्च र वडाअध्यक्ष भएका थिए । देवेन्द्र सुवेदी पछि पञ्च नै बने । धरपकड कम गर्न यस्तो गरे पनि प्रशासनले धरपकड भने रोकेन ।

उता निर्मल लामा, भक्तबहादुरश्रेष्ठले पर्वतको फलेवासस्थित भवानी विद्यापीठमा र लक्ष्मण राजवंशीले म्याग्दीको राखुमा पढाउँथे । निर्मल लामा र लक्ष्मण राजवंशीले बागलुङमा आएर कम्युनिष्ट पार्टीको क्लास दिने गर्दथे । २०१६ सालमा बागलुङ बजारमा ज्ञानेन्द्र शेरचन सचिव भएर लालचन्द्र राजभण्डारी, रामलाल ओझा, भरत ओझा ‘पीडित’, देवेन्द्रराज अधिकारी रहेको नेकपाको गठन गरिएको बताइयो ।

तर, २०२१ सालमा औपचारिकरुपमा नेकपाको बागलुङ जिल्ला कमिटी गठन गर्दा यो समितिलाई औपचारिक रुपमा सहभागी बनाएको पाइँदैन । २०१९ सालमा गल्कोटबाट काठमाडौँ अध्ययन गर्न गएका देवेन्द्र सुवेदी, भवानी पाण्डे, बद्री श्रेष्ठहरु मिलेर धौलागिरीका विद्यार्थीहरुको छात्रा सङ्घ गठन गरेका थिए । यो सङ्गठनले ‘मुक्ति ज्वाला’ नामक साहित्यिक पत्रिका प्रकाशन गरेको थियो । यो सङ्गठनले जिल्लामा प्रगतिशील विचारको प्रचार गर्ने गर्दथ्यो । पछि देवेन्द्र सुवेदी दुदिलाभाटीमा र चित्रबहादुर केसी गल्कोटमा शिक्षक भई पार्टी काममा जुटे ।

(राजधानीमा सोमबार विमोचित केसीको पुस्तक’धौलागिरी कम्युनिष्ट आन्दोलनको रुपरेखा’बाट)

– See more at: http://www.onlinekhabar.com/2016/02/392043/#sthash.kb4LIIV5.dpuf

प्रकाशित मिति : बिहिवार, फाल्गुण २७, २०७२ समय : ०:१८:५९ 644 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi