आक्रामक प्रचारसहित प्रजातान्त्रिक प्यानलले ल्यायो यस्तो प्रतिवद्धता

पहिलोपेज

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही साउन ३१ गते हुने निर्वाचनमा प्रजातान्त्रिक व्यवसायी प्यानलले आक्रामक प्रचारसहित आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेको छ । प्रजातान्त्रिक उद्योगी संघको तर्फबाट निर्माण गरिएको उक्त प्यानलले निर्वाचन आउन केही दिन बाँकी रहँदा आफ्नो २० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धतापत्रमा व्यक्तिगतरुपमा बिना दर्ता हुने अवैध व्यापारलाई निरुत्साहित गर्ने, हप्ताको एक दिन बन्दलाई शतप्रतिशत कार्यान्वयन गर्ने, फोहर व्यवस्थापनमा देखिएका समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने, घरधनी र बहालवालाबीच देखिने समस्याहरुलाई समन्वय गरी उपयुक्त न्यायिक र बैज्ञानिक समाधान गर्न पहल गर्ने, अव्यवस्थित बजारलाई व्यवस्थित गर्न पहल गर्ने, पर्यटकीय क्षेत्रको विकाससँगै पर्यटक भित्राउने कार्यक्रमलाई प्राथमिकता दिने कुराहरु उल्लेख गरिएको छ । त्यसैगरी बहुउद्देश्यीय सभाहल निर्माणमा अग्रसरता लिने, दाङलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने, कोइलाबास नाका र सडक सञ्चालनमा पहल गर्ने, सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई उद्योग वाणिज्य संघको दायरामा ल्याउने, औद्योगिक क्षेत्र सञ्चालनमा पहल गर्ने लगायतका बुँदाहरुलाई पनि समेटिएको छ ।

बाँकी यहाँ हेर्नुहोस्

प्रकाशित मिति : शनिवार, साउन २८, २०७४ समय : २२:४४:०७ 1011 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi