दाङ उवासंघमा प्रजातान्त्रिक प्यानलको जित सुनिश्चित छः उद्यमी संघ

पहिलोपेज

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा प्रजातान्त्रिक उद्यमी संघले प्रजातान्त्रिक प्यानलले विजयी हासिल गर्ने विश्वास व्यक्त गरेको छ । प्रजातान्त्रिक उद्यमी संघको शनिवार भएको समीक्षात्मक छलफलमा सहभागी संघका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी एवं पदाधिकारी तथा व्यवसायीहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

संघका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको छलफलमा बोल्दै संस्थापक अध्यक्ष हुमकान्त अधिकारीले दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि साउन ३१ गते हुने निर्वाचनमा संघको तर्फबाट चुनावी मैदानमा रहेका उमेदवारहरु व्यवसायीहरुको हकहितका लागि काम गर्नसक्ने सक्षम र योग्य उमेदवार भएकाले विजयी हासिल गर्ने दाबी गरे । दाङ जिल्ला उद्योग वाणिज्य संघमा सक्षम महिलालाई अध्यक्ष बनाएर नेतृत्वमा पु¥याई इतिहास लेख्ने मौका भएकाले व्यवसायी मतदाताहरुले यस विषयलाई आत्मसाथ गरेर साथ दिने विश्वास व्यक्त गरे । सबै व्यवसायी मतदाताहरु यस विषयमा जानकार भएकाले पनि सक्षम र सबल नेतृत्वका लागि प्रजातान्त्रिक प्यानलमा मतदान गरी विजयी बनाउने बताए ।

संघका अध्यक्ष मनोज बुढाथोकीले दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा महिला अध्यक्षसहित योग्य र सक्षम उमेदवारहरु प्रजातान्त्रिक उद्यमी संघले चुनावी मैदानमा पठाएकाले जीत सुनिश्चित भएको बताए । प्रजातान्त्रिक प्यानललाई विजयी बनाउन सम्पूर्ण व्यवसायी मतदाताहरुलाई अनुरोध पनि गरे ।

प्रचारप्रसार संयोजक गुरुप्रसाद कँडेलले प्रचारप्रसार र घरदैलोमा कुनै कसर बाँकी नराखेर काम भइरहेको भन्दै व्यवसायीहरुको हकहित र समग्र जिल्लाको विकासका लागि भूमिका खेल्न सक्ने प्रजातान्त्रिक प्यानलका उमेदवारहरुलाई मतदान गर्न अनुरोध गरे । प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा मञ्जु बज्राचार्यसहित उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणिज्य उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल रहेका छन् । यस्तै सदस्यहरुमा उद्योग सदस्य टंकप्रसाद पोख्रेल (कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणिज्य सदस्यमा मीनराज भाट, सदस्यहरुमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल (विश्व), धनपति शर्मा र राजकुमार गुप्ता रहेका छन् ।

यसैबीच प्रजान्त्रिक प्यानलले चुनावी भेटघाट कार्यलाई जारी राखेको छ । अध्यक्ष पदका उमेदवार मञ्जु बज्राचार्यसहितको उमेदवार टोलीले शनिवार घोराही बजार क्षेत्रका विभिन्न स्थानमा व्यवसायीहरुसँग घर एवं पसलमै पुगेर भेटघाट गर्दै मत मागेको छ ।

प्रकाशित मिति : शनिवार, साउन २८, २०७४ समय : १९:५६:४१ 1233 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi