कस्तो मज्जा ! यात्रा पनि, उपहार पनि र निःशुल्क यात्रा पनि, कसरी ? (हेर्नुहोस् विस्तारमा)

पहिलोपेज

दाङ । कस्तो मज्जाको कुरा ? यात्रा त हुने नै भयो साथमा उपहार पाएपछि कसको मन खुशी नहोला ? उपहार त छँदैछ, त्यसैमाथि निःशुल्करुपमा बिना भाडा यात्रा गर्न पाउने भएपछि त झन के चाहियो र ? के यो सम्भव होला ? सम्भव भएको छ ।

सहारा यातायात प्रालिले एक बर्षभरि यात्रा गर्नेहरुलाई उपहारको ब्यबस्था गर्ने जनाएको छ । सहारा यातायात प्रालिमार्फत् यात्रा गर्ने यात्रुले काटेको टिकट नम्बरका आधारमा बर्षमा १३ जनालाई उपहारको ब्यबस्था गरेको हो ।

टिकट नम्बरको आधारमा १३ जनालाई गोलाप्रथाको माध्यमबाट उपहार प्रदान गरिने प्रालिका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । प्रालिले प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार प्रदान गर्ने भएको छ ।

प्रथम, दोस्रो र तेस्रोका अतिरिक्त १० जनालाई सान्त्वना पुरस्कारको ब्यबस्था गरिएको छ । प्रालिले हरेक बर्ष आफ्नो बार्षिकोत्सवका अवसरमा उपहार प्रदान गर्ने अध्यक्ष केसीको भनाई रहेको छ । यस्तै एक बर्षभरि दश पटक यात्रा गर्ने यात्रुलाई एकपटकको यात्रामा निःशुल्क हुने उपाध्यक्ष टीकाराम पौडेलले जानकारी दिए ।

त्यसैगरी सहारा यातायात प्रालिले जेष्ठ नागरिक, अपांग र पत्रकारलाई यात्रामा ५० प्रतिशत छुट दिने निर्णय भएको प्रालिका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । विद्यार्थीको हकमा ४५ प्रतिशत भाडामा छुट गरिने अध्यक्ष खत्रीको भनाई रहेको छ । यातायात प्रालिले भदौ १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : मङ्गलवार, साउन २४, २०७४ समय : १५:१६:५० 3636 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi