जिल्ला वन कार्यालय दाङको अनुरोध

Top_Ad_Ban

गर्मीको मौसम नजिकिँदै आइरहेकोले वन क्षेत्रमा डढेलो लाग्न नदिऔं । डढेलो लगाउनेलाई कारवाहीको भागिदार बनाऔं ।

दाङ जिल्ला सम्वेदनशील चुरे क्षेत्रमा पर्ने भएकोले चुरेको संरक्षण गरौं गराऔं
वन क्षेत्रबाट कसैले ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन नगरौं, नगराऔं

पानी, मूलको संरक्षण गरौं, पानी मूलको वरपरबाट वन पैदावार सङ्कलन नगरौ, नगराऔं, वातावरण अनुकूलका कार्यहरु मात्र गरौं, दाङ जिल्लालाई मरुभूमिकरण हुनबाट बचाऔं ।

जिल्ला वन कार्यालयको स्वीकृतिबिना कुनै पनि समूहले आफूखुशी अवैध तवरले वन पैदावार सङ्कलन तथा बिक्री वितरण कार्य नगरौं, नगराऔं ।

विकासको नाममा विधि र प्रक्रिया विपरीत वन क्षेत्रबाट कसैले पनि बाटोघाटो, कुलो, विद्युत लाइन लाने कार्य नगरौं, नगराऔं ।

अवैधरुपमा कसैले पनि वनमा आधारित उद्योगहरु सःमील, फर्निचर तथा इटाभट्टा सञ्चालन नगरौं, नगराऔं ।

वन पैदावारको चोरीनिकासी, वन्यजन्तुको चोरी शिकार तथा आखेटोपहार ओसारपसार कार्य कसैले नगरौं, नगराऔं ।

कसैले वन तथा वातावरण विनाश सम्बन्धी त्यस्तो कार्य गरेगराएको थाहा हुन आएमा तत्काल सूचना दिई नियन्त्रण र निगरानीमा सहयोग गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न दाङवासी सबैमा जिल्ला वन कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ ।

अति गरे खति हुन्छ, वातावरण बिग्रन्छ, त्यसैले सोचेर काम गरी वातावरण अनुकूल कार्य गरी वातावरण संरक्षण गरौं ।

जिल्ला वन कार्यालय, दाङ
सम्पर्क फोन : ०८२–५६००१४