समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुनः भट्टराई

कुमार अविरल पन्थी

कतार । समाजसेवा अभियान रुपन्देही कतारको छैठौ साधरणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिबहादुर शाही, सचिवमा कृष्णप्रसाद न्यौपाने, सहसचिवमा शिवराज शाही, कोषाध्यक्षमा विष्णु खड्का, सहकोषाध्यक्षमा मनोज कुँवर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः यम आले, सौगात अली, डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिलबहादुर खड्का, खेम पंगेनी, युवराज अर्याल रहेका छन् । समाजका अध्यक्ष डिल्लीराम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास कतारका द्वितीय सचिव गायत्रीबहादुर पौडेल रहेका थिए ।

संस्थाका संरक्षक अर्जुनप्रसाद भट्टराई, पूर्वअध्यक्ष तथा व्यवस्थापन समिति सदस्य रामकेवल यादव, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य कुमार कार्की विशेष अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न वैचारिक संघसंस्था, सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायतका कतारमा स्थापित जिल्ला तथा अन्य संस्थाका प्रतिनिधि र रुपन्देहीबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समाजले स्थापनाकालदेखि नै निकै अनुकरणीय कार्यहरु गर्दै आएको जिल्लाबासीको हक र हितमा मात्र सीमित नरहेर प्रवासमा कार्यरत सम्पूर्ण नेपालीहरुको हक, हित र सहयोगमा सधैं तल्लीन रहेको र भोलिका दिनमा पनि यस्तै कार्यहरु सम्पन्न गरेको देख्ने अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए । संस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले सस्थाको प्रगति विवरण र अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सदस्य कृष्ण न्यौपानेको स्वागत र सदस्य स्वतन्त्र नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तित्व, संघसंस्था र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस अवसरमा नेपाली साँस्कृतिक प्रस्तुतिहरु पनि राखिएका थिए ।

प्रकाशित मिति : सोमवार, पौष १०, २०७४ समय : १५:००:१० 199 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi