नेपालको बाम गठबन्धनलाई साउदी अरबका नेपालीबाट स्वागत

बाबुलाल बुढा

रियाद । पार्टी एकता गर्ने उद्देश्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गरिएको बाम गठबन्धनलाई प्रवासमा रहेका नेपालीहरुले पनि स्वागत गरेका छन् । एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च साउदी अरव र माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको रियादमा संयुक्त बैठक बसी बाम गठबन्धनलाई स्वागत गर्ने निर्णय गरेका हुन ।

प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र खत्री र नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष कमल शाही “निर्मल”द्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा पार्टी एकता गर्ने उद्देश्यसहित भएको बाम तालमेलको स्वागत गर्दै नेपालको राजनीतिक स्थायित्वको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेको जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ “समाजवादसम्म पुग्ने मूल उद्देश्यका साथ कम्युनिष्टहरुको एक केन्द्र बनाउने लक्ष्यसहित एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि मार्ग प्रशस्त गर्दै स्वदेश तथा विदेशमा बस्ने जनवादी तथा प्रगतिशील र देशभक्तहरुमा थप उत्साह पैदा गरेको छ । यो चुनाबी तालमेलले राजनीतिक अस्थिरताको अन्त्य, वैदेशिक चलखेलको अन्त्य र ५ बर्षे स्थायी सरकार, समृद्ध र विकसित राष्ट्रनिर्माणमा सहयोग पुराउने छ । समृद्ध र विकसित राष्ट्र निर्माणमा सहयोग पुराउने छ ।”

प्रकाशित मिति : बिहिवार, कार्तिक २३, २०७४ समय : २२:५५:०९ 1010 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi