केटीको फेक आइडीबाट अश्लील फोटो पोष्ट गर्ने युवक गिरफ्तार

एजेन्सी

भारत । भारतको वाराणसीमा एक युवकलाई प्रहरी र त्यहाँको क्राइम ब्रान्चले गिरफ्तार गरेको छ । एक युवतीको फेक फेसबुक आइडी बनाएर अश्लील फोटो र युवतीको मोबाइल नम्बर पोष्ट गरेको आरोपमा राकेश नाम गरेको युवकलाई गिरफ्तार गरेको हो ।

प्रहरी निरीक्षक एके सिंहका अनुसार पाण्डेयपुरमा दुकान गरेर बस्ने राकेश नामको युवकले रागिनी (नाम फेरिएको) नामक फेसबुक पेजबाट फोटो र सम्पर्क मोबाइल निकालेका थिए । त्यसपछि उनले फोटोशपको प्रयोग गरी रागिनीको अश्लील फोटो र भिडियो बनाएर व्यक्तिगत च्याट र फेसबुकमा पोष्ट गरेको आरोप छ ।

अश्लील फोटो, भिडियो र मोबाइल नम्बर फेसबुकमा पोष्ट भएपछि रागिनीलाई फोन र अश्लील म्यासेज आउन थालेका थिए । रागिनीलाई आएका अश्लील म्यासेजहरु उनको भाइले फेला पारेपछि प्रहरीमा उजुरी गरिएको थियो । यद्यपि राकेशले आफूलाई फसाइएको दावी प्रहरीसमक्ष गरेका छन् ।

प्रकाशित मिति : बुधवार, कार्तिक ०८, २०७४ समय : २१:०७:१८ 1514 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi