दोहामा पर्वत सेवा समाजद्वारा चाडपर्वको अवसरमा भलिबल प्रतियोगिता

उद्धव मगर

दोहा, कतार । पर्वत सेवा समाजले दोहा कतारमा दीपावली तथा छठ पर्वको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गरेको छ । दुई दिनसम्म चलेको भलिबल प्रतियोगितामा १४ वटा टिम सहभागी भएका थिए भने पर्वत ए टिमले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

प्रतियोगितामा पहिलो हुने टिम पर्वत (ए)ले नगद २५००/– कतारी रियाल, प्रमाणपत्र र मेडल, दोस्रो विजेता पर्वत (बी)ले कतारी रियाल १५००/– प्रमाणपत्र र मेडल तथा तेस्रो स्थान हासिल गर्ने टिम मगर संघले पनि कतारी रियाल १०००/– प्रमाणपत्र र मेडल हात पार्न सफल भएका थिए ।

प्रतियोगिताको औपचारिक घोषणा सभा चिन्तामणि पौडेलको अध्यक्षतामा भएको थियो । रमेशबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको सञ्चालन सन्तोष क्षेत्रीले गरेका थिए । विजेता सम्पूर्ण टिमहरुलाई टीका लगाई संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने र जोश, जाँगर भएका युवाहरुलाई अरु आयाम थप्दै जाने भन्दै सम्पूर्ण सहभागी टिमहरुलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : आइतवार, कार्तिक ०५, २०७४ समय : १८:३०:११ 377 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi