जापानमा पर्यटन पत्रकार संघको शाखा गठन

पहिलोपेज

काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशील पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघ (एन्टोेज)को जापानमा विदेश शाखा गठन भएको छ । प्रकाश वलीको संयोजकत्वमा ७ सदस्यीय जापान शाखा तदर्थ समिति गठन गरिएको हो ।

टोकियोको सिन्जुकुमा पत्रकारहरुको एक भेलाले तदर्थ समिति गठन गरेको हो । भेलाले प्रकाश वलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा नारायण प्रसाद गैरे, प्रवीण बुढा क्षेत्री, राजु धमला, यशोदा पौडयाल रहेका छन् ।

भेलाले जापानमा नेपालको पर्यटनसम्बन्धी अध्ययन र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका अग्रजहरु रहेको ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा विश्वेश्वरर रेग्मी, विष्णु खनाल, लालबहादुर रावल र ताराप्रसाद विक रहेका छन् ।

तदर्थ समितिको आगामी बैठकले थप सदस्यहरु चयन गर्ने र प्रथम अधिवेशनको मिति तय गर्ने बताइएको छ । यसैगरी संघको मलेशिया, अमेरिका र साउदी अरबमा पनि शाखा गठनको प्रक्रिया अगाडि बढेको एन्टोजका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : बिहिवार, भाद्र १५, २०७४ समय : १०:४९:०० 261 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi