खोटाङ सेवा समाज कतारको काम उदाहरणीय

रुद्र शर्मा

कतार । कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो संस्था खोटाङ सेवा समाज कतारले आफ्ना सदस्यहरु तथा कतारमा थलो बनाएका गृहवासीहरुलाई समेटी एक दिने संस्थागत र सांगठानिक प्रशिक्षण कार्यकम सम्पन्न गरेको छ । त्यस अवसरमा संस्थाका वर्तमान पदाधिकारीहरुले कतार लगायत गृहजिल्लामा निकै उदाहरणीय कामहरु गर्दै आएको बताइएको थियो ।

संस्थाले राम्रो र उदाहरणीय कामहरु गर्दै आएको भए पनि केही ठाउँमा संस्थागत प्रक्रिया र पद्धति अलि नमिलेको भन्दै संस्था सञ्चालनका लागि आवश्यक आधारभूत र सांगठनिक पद्धतिका बारेमा सहजकर्ताहरुले आधारभूत प्रशिक्षण दिएका थिए । कार्यक्रम संस्थाका सम्पूर्ण पदाधिकारीहरु र खोटाङ जिल्लाबाट कतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटाङेहरुलाई समेटेर उक्त कार्यकम गरेको थियो । कार्यक्रममा करिब ५० भन्दा बढी पदाधिकारी लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाका सल्लाहकार बिनेश तमाङले संस्था, संस्थागत प्रक्रिया र पद्धतिको बारेमा प्रशिक्षण दिएका थिए । सल्लाहकार बेदराज राईले बैठक तथा कार्यक्रम, खोटाङ सेवा समाज कतारका मानार्थ सदस्य तथा बुद्धिजीवी बिल गुरुङले उदघोषण तथा मन्तब्य, सल्लाहकार तीर्थ संगम राईले सूचना, समाचार तथा प्रसारप्रसार र सल्लाहकार प्रेमप्रसाद भट्टराईले सदस्यता र प्रमाणपत्रको बारेमा जानकारी दिँदै सजहकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कार्यकममा संस्थाका सल्लाहकारहरुले जुन हिसाबमा संस्था अगाडि बढ्नु पर्ने हो, त्यसमा अलिक ढिलाई भएको औंल्याएका थिए । २०५४ सालमा स्थापना भएर आएको संस्थाले भर्खरै मात्र गृह जिल्लामा एम्बुलेन्स पनि सहयोग गरिसकेको छ ।

दोहाको बि रिंगरोडस्थित ढाका रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यकम करिब पाँच घण्टा चलेको थियो । संस्थाका अध्यक्ष तिलाबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमलाई महासचिव कैलाश श्रेष्ठले सञ्चालन गरेका थिए भने संस्थाका प्रथम उपाध्यक्ष्य एकराज राईले कार्यक्रमका अतिथि लगायत उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । त्यसैगरी संस्थाका द्वितीय उपाध्यक्ष्य रुद्र शर्मा (आचार्य)ले कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए । संस्थाका अध्यक्ष खत्रीले संस्थाका सदस्यलाई समेट्ने हिसाबले सो कार्यक्रम गरेको बताउँदै कार्यकमको समापन गरेका थिए ।

प्रकाशित मिति : सोमवार, साउन १६, २०७४ समय : २३:२१:३९ 465 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi