अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको संयोजकमा घिमिरे

पशुपति श्रेष्ठ

काठमाडौं । अर्घाखाँची जिल्लाबाट रोजगारी, शिक्षा, व्यापार तथा विविध कार्यले जिल्लाभन्दा बाहिर रहेका अर्घेलीहरुको एकमात्र साझा संस्था अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । २०६९ सालमा संगठित भएको संस्था केही समय पहिलेदेखि निष्क्रिय रहँदै आए तापनि २ हप्तादेखि प्रथम अधिबेशनको आव्हान गरी डिल्लीराज घिमिरेको संयोजकत्वमा नयाँ कार्यसमिति आइतबार चयन गरेको छ ।

अर्घेलीहरुको लामो बहस र छलफलपछि संस्थाको उपाध्यक्ष कर्णजंग रायमाझी, गिरिराज खनाल, रञ्जित क्षेत्री, अम्बिका बेल्बासे श्रेष्ठ, महासचिव युवराज थापा, सचिव पशुपति श्रेष्ठ, सहसचिव दामोदर भुसाल, कोषाध्यक्ष रामप्रसाद पराजुली, सह–कोषाध्यक्ष बिष्णु क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा बसन्त खड्का, घनश्याम ज्ञवाली, अरुणकुमार बञ्जाडे, डिलाराम खनाल, बिष्णुकुमार वर्मा, बिष्णु सारु मगर, राम भट्टराई, मनिराम बस्नेत, बसन्तप्रसाद भुसाल, युवराज पौडेल, छबिलाल गिरी, बसन्त खनाल, माधव खनाल, धर्मराज पराजुली, विनोद खनाल, विजय खनाल, भेषराज पराजुली, बिष्णु पोख्रेल, सुशील क्षेत्री, मनिराम भट्टराई, कमल सुनार, राजु भुसाल, लक्ष्मी बस्याल, लक्ष्मी रायमाझी रहेका छन् । अहिले सम्भव भएकाहरुलाई मनोनीत गरेको र अन्य कुनै देशबाट सम्पर्कमा आएपछि अन्य सदस्यहरु मनोनयन गर्ने बताइएको छ ।

अधिबेशनले विभिन्न समन्वय समितिको पनि गठन गरेको छ । जसमा अन्तर्राष्ट्रिय समन्वय समिति संयोजकमा सूर्य थापालाई जिम्मा दिइएको छ । राष्ट्रिय समन्वय समितिको संयोजकहरुमा मध्यपूर्वमा कमल घिमिरे, एशियामा राजु खनाल, साउदी अरेबियामा हरि कुवर, कतार सन्तोष केसी, युएई ईश्वरजंग थापा, बहराइन अनमोल राक्से मगर, मलेसिया राजु अधिकारी, दक्षिण कोरिया धर्मराज पराजुली, इजरायल कमलप्रसाद भुसाल, भारत माधव खनाल, जापान कमल नेपाली, संयुक्त राज्य अमेरिका अरुण पोख्रेल, सोमल्याण्डमा सुशील क्षेत्री रहेका छन् । अन्य कुनै देशमा अर्घेली भएमा सम्पर्कमा ल्याएर संस्थालाइ अझ मजबुत बनाएर लैजाने अवगत गराउँदै यसैगरी मिडिया संयोजकमा सहयोगी बीसी, हरिप्रसाद भुसाल र उमाकान्त पाण्डेलाई जिम्मा दिइएको छ ।

जिल्ला र समाजलाई परिवर्तन गर्न केही गर्नुपर्छ भन्ने जोस, जाँगरसहितको अधिबेशनले संरक्षकमा राजु खड्का, प्रवक्तामा भुवन केसी, प्रमुख सल्लाहकारमा युवराज केसीलाई चयन गर्दै अधिबेशन सम्पन्न गरेको हो ।

प्रकाशित मिति : सोमवार, साउन १६, २०७४ समय : ०:३९:०८ 406 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi